
जिल्ला प्रशासन कार्यालय बाँके नागरिकको सहजताका लागि सवारी साधनहरुलाई असार १४ गते देखि जोर विजोर प्रणली लागु गरेको थियो । तर सवारी साधन चालकहरुले उक्त नियमको उलंघन गरेपछि शुक्रवार विहानै जिल्ला ट्राफिक कार्यालय बाँकेले सवारीसाधान चलाएको भन्दै दुई सयबढी सवारीसाधनलाई २ घण्टा होल्ड गरेको छ । जोर नम्वरका सवारीसाधन चल्नु पर्ने दिन विजोर नम्वरका सवारी साधन चलाएको भन्दै उनीहरुलाई होल्ड गरिएको हो । कोरोना भाइरस महामारीका कारण स्थानीय प्रशासनले जिल्लामा अहिले सार्वजनिक सवारीसाधनमा जोरविजोर प्रणाली लागु गरेको छ । बाँकेको ट्राफिक प्रमुख राजु भण्डारीका अनुसार, जोर प्रणालीका सवारी साधनको दिन विजोर नम्वरका सवारीसाधन चलाएको भन्दै १ सय ३ वटा मोटरसाइकल, ६३ वटा अटो र ३६ वटा जीप, कार र भ्यानलाई २ घण्टा होल्ड गरिएको हो । उनीहरुलाई नियमबारे जानकारी गराउँदै सम्झाई बुझाइ छाडिएको पनि उहाँले जानकारी दिनुभयो ।

