
ओली वंश समन्वय समाजका केन्द्री अध्यक्ष ओलीको आज जन्म दिन आफ्नो फेसबुक मार्फत जानकारी गराएका छन् । आफुलाई जन्म दिने आमा गंगा देबीओलीलाई सम्झदै ६० बर्ष पार गरेको जानकारी गराएका छन् । । उनी फेसबुक मार्फत आफ्नो पुज्नीय आमा गंगा देबीओलीको कोखबाट जन्मिएको आज ठिक ६० वर्ष लागेछ । कु कर्म प्रति कहिल्यै मन नलागोस, भगवानसॅग यही प्रार्थना समेत गरेका छन्। समाजमा जहिल्यै ठाडो सिर पारेर हिॅडने आशिर्वाद मेरो मुटु भन्दा प्यारी आमा बाट सधैँ माया पाइरहु जिबित रहुन्जेलसम्म सेवा गर्न पाईराख्नु भगवान सँग प्रार्थना गरेका छन् । जाजरकोट जिल्लको हलचौर जन्म भएका ओली २२ बर्ष सस्त्रको जागिर गरेर हल झापा जिल्लाको भद्रपुर नगरपालिकामा बाख्रा पालन गरेर रामाई रहेका छन् । ओली वंश समाज २०७५ सालमा स्थापना भएदेखि नै ओली वंश समाजको अध्यक्ष पद रहेर ओलीहरु सँग समन्वय गरिरहेका छन् ।
