एमाले केन्द्रीय कमिटी बैठकः तिनओटा प्रतिवेदन पारित

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक तिनओटा प्रतिवेदन पारित गर्दै सम्पन्न भएको छ । शुक्रवारदेखि सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्ताव, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गर्नुभएको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले प्रस्तु गर्नुभएको विधान संशोधन सम्बन्धी प्रस्ताव पारित गर्दै आइतवार समापन भएको हो । बैठकपछि सञ्चारकर्मीसँग […]

Continue Reading

नेपाल र पाकिस्तानका जनतालाई क्रिकेट कुटनीतिले जोड्न चाहान्छु: शाहीद अफ्रिदी

 पाकिस्तानका पूर्व क्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाल र पाकिस्तानलाई क्रिकेट कुटनीतिले जोड्न चाहेको बताउनुभएको छ । काठमाडौंमा न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा अफ्रिदीले नेपाल र पाकिस्तानका जनतालाई जोड्न क्रिकेट कुटनीति आवश्यक रहेको बताउनुभयो । नेपालमा क्रिकेटको भविष्य निकै राम्रो रहेको र सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो । कुनै समय पाकिस्तानको १९ वर्ष मुनिको टोलीलाई नेपाली […]

Continue Reading

पछिल्लो २४ घण्टामा ८३४ जनामा कोरोना संक्रमण,९ जनाको मृत्यु

काठमाडौं, असोज १० गते । पछिल्लो २४ घण्टामा ८३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना […]

Continue Reading

वर्षाले क्षति पुर्‍याएका सडक दशैंअघि नै मर्मत गर्न सरकारलाई निर्देशन (भिडियो सहित )

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले वर्षाले क्षति पुर्‍याएका सडक दशैंअघि नै मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ । आईतबार सिंदरवारमा बसेको समितिको बैठकले वर्षाका कारण क्षति भएका सडकहरुको निर्माणको कामलाई तत्काल सम्पन्न गर्न गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकमा समितिकी सभापति कल्याणीकुमारी खड्काले समितिको बैठकले कोरोना महामारीलाई […]

Continue Reading

उपभोक्ताको सजिलोको लागि गरिएको निर्णय सर्वोच्चले रोक्यो: रविन्द्रनाथ श्रेष्ठ (भिडियो सहित)

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले उपभोक्ताको सजिलोको लागि गरिएको निर्णय सर्वोच्च अदालतको आदेशले रोकिएको बताउनुभयो । सचिव श्रेष्ठले सवारी चालक अनुमति पत्र र प्रयोगात्मक परीक्षामा आफ्नै सवारी सवारी प्रयोग गर्न पाउने मन्त्रालयको व्यवस्था सर्वोच्च अदालतको आदेशका कारण रोकिएको प्रष्टयाउनु भएको हो । आईतबार प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उहाँले […]

Continue Reading

नेपाल स्काउटको ‘सम्पदा साईकल यात्रा’

विश्व शान्तिको कामना गर्दै नेपाल स्काउटले शनिबार काठमाडौंमा ‘सम्पदा साईकल यात्रा’ निकालेको छ । अन्तराष्ट्रिय शान्ति दिवसको अवसर पारेर काठमाडौं उपत्यका भित्र रहेका सम्पदाहरु बुढानिलकण्ठ मन्दिर, बौद्ध स्तुपा, पशुपतिनाथ, स्वयम्भू, पाटन दरबार र भक्तपुर दरबार क्षेत्रबाट शनिबार बिहान एकैसाथ विश्व शान्तिको कामना गर्दै ‘सम्पदा साईकल यात्रा’ निकालिएको हो । युवाहरुसहितको सहभागितामा विश्वमा शान्तिको सन्देश दिने […]

Continue Reading

‘द भ्वाइस किड्स नेपाल’का निर्णायकहरु सार्वजनिक

 गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ मा चारजना निर्णायक सार्वजनिक भएका छन् ।‘द भ्वाइस किड्स नेपाल’ ले आज सामाजिक सञ्जाल फेसबुकमार्फत चारजना निर्णयकको तस्विर राख्दै यसबारे जानकारी दिइएको हो । द भ्वाइस किड्स’ को निर्णायकमा गायक प्रमोद खरेल र राजु लामा साथै गायीका प्रविशा अधिकारी र मिलन नेवार रहनेछन् ।कार्यक्रममा ६ देखि १४ वर्ष […]

Continue Reading

मोबाइल बैंकिङ कारोबार अहिलेसम्मकै उच्च

मोबाइल बैंकिङ कारोबारले अहिलेसम्मकै उच्च आँकडा छुन सफल भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले यस्तो देखाएको हो । पछिल्लो समय विद्युतीय भुक्तानीमा आकर्षण बढ्दै गएको छ । जसको परिणाम मोबाइल वालेट तथा क्यूआर कोड स्क्यान गरि कारोबार गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाएको छ । […]

Continue Reading

कांग्रेसको महाधिवेशन तालिका परिवर्तन (भिडियो सहित )

 नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि परिमार्जन हुने भएको छ । १४ औं महाधिवेशन अन्तर्गत सबै जिल्लाको क्रियाशील सदस्यता नटुंगिदा कार्यतालिका प्रभावित भएको हो । बुधबार बसेको कांग्रेसका शीर्ष नेताहरुसहितको पदाधिकारी बैठकले दशैंअघि स्थानीय तहको अधिवेशन मात्रै गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले अधिवेशनका अवरुद्ध प्रक्रियाहरुलाई सहमतिपूर्वक निकास दिँदै जाने […]

Continue Reading