कांग्रेसको महाधिवेशन तालिका परिवर्तन (भिडियो सहित )


 नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि परिमार्जन हुने भएको छ । १४ औं महाधिवेशन अन्तर्गत सबै जिल्लाको क्रियाशील सदस्यता नटुंगिदा कार्यतालिका प्रभावित भएको हो । बुधबार बसेको कांग्रेसका शीर्ष नेताहरुसहितको पदाधिकारी बैठकले दशैंअघि स्थानीय तहको अधिवेशन मात्रै गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले अधिवेशनका अवरुद्ध प्रक्रियाहरुलाई सहमतिपूर्वक निकास दिँदै जाने र अघि बढीसकेका प्रक्रियाहरुलाई निश्चित टुंगो गर्ने निर्णय गरेको बताउनुभयो ।

उहाँले पार्टीले ९ गतेसम्म पार्टीको क्रियाशील सदस्य टुंगो लगाउने निर्णय भएको पनि बताउनुभयो । उहाँले पार्टीको पालिका स्तरीय अधिवेशन पछिका अन्य अधिवेशनहरुको हकमा केन्द्रिय समितिले आवश्यक्ता अनुसार अघि बढाउँदै जाने निर्णय भएको समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *