मोबाइल बैंकिङ कारोबार अहिलेसम्मकै उच्च


मोबाइल बैंकिङ कारोबारले अहिलेसम्मकै उच्च आँकडा छुन सफल भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले यस्तो देखाएको हो ।

पछिल्लो समय विद्युतीय भुक्तानीमा आकर्षण बढ्दै गएको छ । जसको परिणाम मोबाइल वालेट तथा क्यूआर कोड स्क्यान गरि कारोबार गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो महिनासम्मको तथ्यांक अनुसार मोबाइल वालेटमार्फत हुने कारोबारमा उल्लेख्य वृद्धि भएको देखिएको छ ।

साउन महिनामा मात्रै १ करोड ३१ लाख ५५ हजार ५०१ ओटा कारोबार भएको छ । जसमार्फत १४ अर्ब रुपैयाँको कारोबार भएको जनाइएको छ । यो कारोबार रकम र कारोबार संख्या वालेटमार्फत् एकै महिनामा भएको हालसम्मकै उच्च हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *