विद्युत् व्यापारबाट साढे चार अर्ब फाइदा : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् व्यापारमा नेपाललाई साढे चार अर्ब फाइदा भएको बताएका छन्। प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपालले विद्युत्मा यस वर्ष साढे चार अर्ब फाइदा गरेको बताएका हुन्। “हामीले यस वर्ष साढे चार अर्ब फाइदा (आयातभन्दा साढे चार अर्ब रुपैयाँ बढीको बिजुली विदेश निर्यात) गर्ने सफलता पाएका छौँ। हामीले विद्युत् आयात परिमाण घटाउँदै […]

Continue Reading

सरकार कर बक्यौता उठाउन अभियान थाल्दै

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा राजस्व सङ्कलन लक्ष्य हासिल गर्न सरकार विशेष कार्ययोजनासहित कर बक्यौता असुलीको अभियानमा जुट्ने बताएका छन्। प्रतिनिधिसभामा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री पौडेलले राजस्व परिचालनमा तीव्रता ल्याउन र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) नियन्त्रण गर्न व्यापक नीति तथा कार्यक्रम अघि सारिएको जानकारी दिए। सांसद सूर्यप्रसाद गौतमले उठाएको प्रश्नको जवाफमा […]

Continue Reading

बजेट अनुशासन कायम गर्न अर्थले गठन गर्‍यो बराल नेतृत्वको कार्यदल

अर्थ मन्त्रालयले बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माणका लागि कार्यदल गठन गरेको छ। कार्यदलमा अर्थ मन्त्रालय वित्तीय सङ्घीयता समन्वय महाशाखा प्रमुख महेश बराल संयोजक रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ। सदस्यहरुमा अर्थ मन्त्रालयका बजेट महाशाखाका उपचिव, अर्थ मन्त्रालय कानून तथा फैसला महाशाखाका उपसचिव र विषय विज्ञमा पूर्व सहसचिव निर्मलहरी अधिकारी छन्। कार्यदलको सदस्य सचिवमा […]

Continue Reading

पेट्रोलको मूल्य घट्यो

नेपाल आयल निगमले आज पेट्रोलिम पदार्थको मूल्य घटाएको छ। पेट्रोलमा प्रतिलिटर ५ र डिजेल/मट्टीतेलमा एक रुपैयाँ घटाइएको निगलमजे जनाएको छ।

Continue Reading

कर्णालीमा ११ अर्ब बजेट फ्रिज, खर्च ६५ प्रतिशतमै सीमित

कर्णाली प्रदेश सरकार चालु आर्थिक वर्षमा पनि बजेट कार्यान्वयनमा असफल देखिएको छ । ८० प्रतिशत खर्च गर्ने लक्ष्य लिएको सरकारले आर्थिक वर्षको अन्त्यसम्म जम्मा ६४.८६ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ । लेखा नियन्त्रक रत्नप्रसाद सुवेदीका अनुसार सरकारले जेठ मसान्तसम्म १२ अर्ब ८८ करोड रुपैयाँ खर्च गरेको थियो । असारको अन्तिम २५ दिनभित्र ७ […]

Continue Reading

कर्णाली प्रदेशको करिब ३३ अर्बकाे बजेट पारित

प्रमुख प्रतिपक्षी दलसँगको लामो रस्साकस्सी र विवादपछि अन्ततः कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पारित भएको छ । शुक्रबार बसेको प्रदेश सभा बैठकले ३२ अर्ब ९९ करोड (करिब ३३ अर्ब) रुपैयाँ बराबरको बजेट सर्वसम्मतबाट पारित गरेको हो । अर्थमन्त्री राजविक्रम शाहले असार १ गते मध्यराति बजेट प्रस्तुत गरेसँगै कर्णालीको राजनीतिमा विवादको सुरुवात […]

Continue Reading

बजेट कार्यान्वनयको विषय अर्थ मन्त्रालयको मात्रै होइन : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वनयको विषय अर्थ मन्त्रालयको मात्रै नभएको बताएका छन्। बिहीवारको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले बजेट कार्यान्वनयको विषय अर्थ मन्त्रालयको मात्रै नभएर समग्र मन्त्रालयहरुको साझा जिम्मेवारी भएको बताए। अर्थ मन्त्रालयले आफ्नो तर्फबाट गर्नुपर्ने काम प्रभावकारीरुपमा गर्ने बताए। सम्बन्धित मन्त्रालयले पनि आफ्नो जिम्मेवारीका काम प्रभावकारी रुपमा बजेट कार्यान्वयन गर्नुपर्ने बताए। […]

Continue Reading

खुला सीमाका कारण भन्सार व्यवस्थापन चुनौतीपूर्ण बन्यो : अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खुला सीमाका कारण भन्सार व्यवस्थापन चुनौतीपूर्ण रहेको बताएका छन्। बुधवार सिंहदरबारमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल गर्न बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले एकातिर भूपरिवेष्टित र अर्कोतिर खुला सीमानाका कारणले सम्पूर्ण कारोबारलाई भन्सार बिन्दुबाट मात्रै हुने कुराको सुनिश्चितता गर्ने विषय चुनौतीपूर्ण रहेको […]

Continue Reading

अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले अध्यागमन सुधारका लागि तत्काल गर्नुपर्ने कामकारबाही अघि बढाउन निर्देशन दिएका छन्। आज गृहमन्त्रालयमा बसेको आन्तरिक बैठकमा गृहमन्त्री लेखकले अध्यागमनमा कर्मचारी खटाउँदा स्पष्ट मापदण्ड र कार्यविधिअनुसार काम गर्न निर्देशन दिएका हुन्। गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट अवाञ्छनीय गतिविधि भएको थाहा पाए कारबाही गर्ने चेतावानी मन्त्री लेखकले दिनुभएको बताए। “गतल […]

Continue Reading

अर्थमन्त्री पौडेलको दाबी :- बजेटले अर्थतन्त्र उकास्नेछ

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटले शिथिल अर्थतन्त्रलाई उकास्ने दाबी गरेका छन्। बिहीवार राष्ट्रियसभाको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो दाबी गरेका हुन्। उनले निजी क्षेत्र र सहकारी क्षेत्रले बजेटप्रति सकारात्मक टिप्पणी गरिरहेको उल्लेख गर्दै बजेटले मितव्ययिता, सुशासन र आर्थिक पुनरुत्थानका लागि साहसिक र उपयोगी कार्यक्रम अघि सारेको जिकिर गरे। उनले स्टार्टअप प्रवर्धनका […]

Continue Reading