अर्थमन्त्री जनार्दन शर्माले दिए पदबाट राजीनामा

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्। शर्मामाथि राजीनामाको चौतर्फी दबाब बढेपछि आज संसदमा आफ्नो धारणा राख्दै राजीनामाको घोषणा गरेका हुन्। उनीमाथि बजेटबारे अनधिकृत व्यक्तिको प्रवेशमा करका दर हेरफेर गराएको विषय छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको छ। समितिले १० दिन भित्रमा सत्यतथ्य छानबिन गरी घटनाको यथार्थ बाहिर ल्याउनेछ। अर्थमन्त्री शर्माले […]

Continue Reading

इन्धन खपत कम गर्न निगमकाे सुझाव : कोटा छुट्याएर मात्रै तेल, जोर–बिजोर लागू गराैँ

नेपाल आयल निगमले इन्धनको खपत कम गर्नका लागि सरकारलाई विभिन्न १० बुँदे प्रस्ताव पठाएको छ । निगमले तेलको खपत कम गर्नका लागि एक पटकमा मोटरसाइकललाई बढीमा पाँच लिटर र कार तथा जीपलाई २० लिटरसम्म तेल वितरण गर्ने गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई प्रस्ताव पठाएको हो । त्यस्तै सरकारी तथा निजी गाडी जोर–बिजोर प्रणालीमा सञ्चालन […]

Continue Reading

सुर्खेतका ९वटै पालिकाको बजेट सार्वजनिक

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतका ९ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि नीति तथा वार्षिक बजेट पेश गरेका छन् । स्थानीय सरकारले १० असार भित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनु पर्ने कानूनी व्यवस्था अनुसार शुक्रबार आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट पेश भएको हो । अन्तर–सरकारी वित्त […]

Continue Reading

ह्‍वात्तै घट्यो पेट्रोलियमको मूल्‍य

सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको कर कटौती गर्दै मूल्य घटाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आकिस्मक पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ कर कटौती गर्दै मूल्य घटाइएको बताए। घटाइएको मूल्य आज राति १२ बजेदेखि लागू हुनेसमेत उनले जानकारी […]

Continue Reading

पेट्रोलियम कर ५० प्रतिशत घटाउन निर्देशन

संसदीय समितिले पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको बुधबार बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । ‘पेट्रोलियम पदार्थको चरम मूल्यबृद्धिबाट पर्न गएको असरलाई तत्काल न्यूनीकरण गरी जनतालाई राहत उपलब्ध गराउन विद्यमान अन्तर्राष्ट्रिय परिवेशबाट पेट्रोलियम पदार्थको मूल्य सामान्य नहुने अवधिसम्मका लागि […]

Continue Reading

वीरेन्द्रनगरको बजेट १ अर्ब ९४ करोड ११ लाख

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ९४ करोड ११ लाख १२ हजार ५ सय रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाले सडक तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै पुँजीगततर्फ ५३ करोड ५५ लाख ३६ हजार पाँच सय, चालुतर्फ १ अर्ब ३७ करोड ३५ लाख ७६ हजार र वित्तीय व्यवस्थातर्फ तीन करोड […]

Continue Reading

११ महिनामा ७० अर्ब रुपैयाँको खाद्यान्न आयात, धान/चामल भित्र्याउँदा ४५ अर्बभन्दा धेरै बाहिरियो

सरकारले कृषिजन्य वस्तुको उत्पादन बढाएर आयात घटाउने भने पनि खाद्यान्न आयात भने बढेको बढ्यै छ । ११ महिनामा ७० अर्ब रुपैयाँको खाद्यान्न मात्रै आयात भएको भन्सार विभागले जनाएकाे छ । यसमध्ये ४५ अर्ब २९ रुपैयाँभन्दा धेरैको धान, चामल, कनिका र धानको बिउ रहेको छ । यस्तै एक खर्ब १३ अर्ब रुपैयाँको घिउ–तेलजन्य वस्तु र कच्चा […]

Continue Reading

बजेटलगत्तै गण्डकी प्रदेश सरकारमा ‘शीतयुद्ध’, अर्थमन्त्रीसँग सबै रुष्ट

गत असार १ गते संसदमा आर्थिक वर्ष २०७९\०८० को बजेट प्रस्तुत गर्नुअघि गण्डकी प्रदेशको मन्त्रिपरिषद्को बैठक बसेको थियो। बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अर्थमन्त्री रामजीप्रसाद बराललाई निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमलाई बजेटमा राख्न भनेका थिए। तर मुख्यमन्त्रीले भने अनुसार संसदमा बजेट आएन। मुख्यमन्त्रीले कार्यक्रमलाई निरन्तरता दिन भनेको वेलामा जवाफस्वरूप मन्त्री बरालले कार्यक्रम यथावत् रहेको बताएका थिए। […]

Continue Reading

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि ,पेट्रोलियम पदार्थको मूल्यमा चर्काे वृद्धि गरेसँगै विभागले भाडा बढायाे

 नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएको छ।  गएराति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर समान २७ रुपैयाँ मूल्यवृद्धि गरेको हो। एकैपटक यति धेरै मूल्यवृद्धि गरिएको यो पहिलोपटक हो। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।  अब पेट्रोल प्रतिलिटर १ सय ९९ रुपैयाँ पुगेको छ […]

Continue Reading

भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्य पठायो, मासिक ९ अर्ब ६३ कराेड रुपैयाँ घाटा हुने निगमकाे दाबी

भारतले नेपाललाई पेट्रोलियम पदार्थमा बढेको नयाँ मूल्यसूची पठाएको छ । नेपाल आयल निगमलाई इन्डियन आयल कर्पाेरेशन (आईओसी) ले पठाएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजलमा १९ रुपैयाँ तीन पैसा र हवाई इन्धन १९ रुपैयाँ ९१ पैसाले बढेर आएको छ ।  भारतले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा घाटा रहेको निगमले दाबी गरेको छ […]

Continue Reading