राष्ट्रपति पौडेलसँग महासचिव गुतेरसको शिष्टाचार भेट

संयुक्त राष्ट्रसंघका महासचिव आन्तोनियो गुतेरसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्। आइतवार राष्ट्रपतिभवन शीतलनिवास पुगेर उनले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका हुन्। राष्ट्रपति पौडेलसँगको भेटमा महासचिव गुतेरसले नेपालमा जलवायु परिवर्तनका कारण भइरहेको असरका बारेमा छलफल गरेका थिए। यसअघि महासचिव गुतेरसले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, […]

Continue Reading

आज दशैँको मुख्य दिन विजयादशमी, टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ […]

Continue Reading

राष्ट्रपतिले विशिष्टदेखि सर्वसाधारणलाई टीका लगाइदिने

राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन विशिष्ट पदाधिकारीदेखि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन्। राष्ट्रपति कार्यालयले विशिष्ट र सर्वसाधारणका लागि छुट्टैछट्टै समयको व्यवस्थापन गरेर टीका प्रसाद ग्रहणको व्यवस्था मिलाएको छ। राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्न इच्छुक सम्माननीय, माननीय, उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी तथा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरसम्मका राष्ट्र सेवकका लागि […]

Continue Reading

पूर्वप्रधानमन्त्री खनाल स्वदेश फिर्ता

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल स्वदेश फर्कनुभएको छ । चीनले बेइजिङमा आयोजना गरेको अन्तर्राष्ट्रिय सहकार्यका लागि तेस्रो बेल्ट एन्ड रोड फोरम (बीआरएफ) मा सहभागी भएर उहाँ आज साेमवार स्वदेश फर्कनुभएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय विदेश विभाग सचिव डा. शंकर खतिवडाले जानकारी दिनुभयो । गएकाे हप्ता चीन जानुभएका पूर्वप्रधानमन्त्री खनालले अक्टोबर १८ […]

Continue Reading

इजरायलबाट आइपुग्यो तीन जना विद्यार्थीको शव

इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका चार नेपाली विद्यार्थीको शवमध्ये ३ जनाको शव काठमाडौं आइपुगेको छ। गएराति १२ बजे नारायणप्रसाद न्यौपानेको शव आइपुगेकोे हो भने केही बेरअघि लोकेन्द्रसिंह धामी र दिपेशराज बिष्टकोे शव काठमाडौं आइपुगेको छ। आशिष चौधरीको शव भने दिउँसो १ बजे आइपुग्ने परराष्ट्रमन्त्री एनपी साउदका पे्रस संयोजक केशव साउदले जानकारी दिए। तेलअबिबस्थित नेपाली दूतावासले […]

Continue Reading

आज महाअष्टमी, महागौरीको पूजा आराधना गरिँदै

नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा–आराधना गरिँदैछ। महागौरी भगवती दुर्गाको आठौं स्वरूप हो। अघिल्लो दिन आराधना गरिने कालरात्रिको विपरीत महागौरी गोरो वर्णकी र शान्त स्वरूपकी छिन्। शिवकी शक्ति महागौरीलाई शाम्भवी पनि भनिन्छ। साँढेमा बसेकी यिनले एक हातमा त्रिशुल र अर्को हातमा डमरु लिएकी छिन्। अरु दुई हातले अभय र शान्त मुद्रा प्रदर्शन गरेकी छिन्। […]

Continue Reading

सल्यानवासीले बेचे २४ करोडको ताजा तरकारी तथा फलफूल

सल्यानवासीले ४ महिनामा २४ करोड रुपैयाँभन्दा बढीको ताजा तरकारी तथा फलफूल बेचेका छन्। असार १ गतेदेखि असोज मसान्तसम्म २४ करोड २९ लाख २६ हजार ४०७ रुपैयाँको ताजा तरकारी तथा फलफूल जिल्लाबाहिर निकासी भएको कृषि उपज बजार सञ्चालक समिति कपुरकोटले जनाएको छ। ४ महिनामा ४० लाख ६९ हजार ४४३ किलो ताजा तरकारी, ८५ हजार ६३९ किलो […]

Continue Reading

एनआरएनएकाे नयाँ नेतृत्वले कार्यभार सम्हाल्याे

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वले आज शनिवारदेखि कार्यभार सम्हालेको छ । कार्यभार सम्हालेपछि नवनिर्वाचित अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा पदाधिकारीको पहिलो बैठक भएको थियो । यद्यपि बैठकका निर्णय सार्वजनिक गरिएको छैन । त्यसअघि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन समितिले नयाँ नेतृत्वलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेर पद तथा गोपनीयताको शपथ गराएको थियो । […]

Continue Reading

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यवस्था सामान्य

उपपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्था सामान्य बन्दै गएको छ। जनवादी चीनको भ्रमणका क्रममा रहँदा यही कात्तिक १ गते हृदयाघात भएपछि उनी बेइजिङस्थित पेकिङ मेडिकल कलेज अस्पतालमा उपचाररत छन्। उपप्रधानमन्त्री श्रेष्ठ आज बिहानदेखि अस्पतालभित्रै सामान्य हिँडडुल गर्न थाल्नुभएको उहाँका स्वीकय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए। हृदयाघात भएपछि उनको छातीमा ‘स्टेन्ट’ राखिएको छ। ​ यसैबीच, उपप्रधानमन्त्री […]

Continue Reading

कर्णालीमा १८ सय लागुऔषध सेवनकर्ता, सचेतना अभियान सञ्चालन अनिवार्य गर्नुपर्ने

कर्णाली प्रदेशका दश जिल्लामा १८ सय ११ जना लागु औषध सेवनकर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी प्रमुख डिआइजी भिम प्रसाद ढकालले आज आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको लागु औषध विरुद्धको एक कार्यक्रमलाई सम्वोधन गर्दै उनले हरेक वर्ष कर्णालीमा लागु औषध कारोवारी एवम सेवनकर्ता थपिँदै गएको बताएका हुन । ‘आर्थिक […]

Continue Reading