७३ जिल्लामा फैलियाे लम्पी स्किन राेग : साढे ९ हजार गाईभैँसी मरे, ३ लाख ५५ हजारमा सङ्क्रमण

गर्मीयाम सुरु भएलगत्तै देशभर गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप व्यापकरूपमा फैलिएको छ । चालु आर्थिक वर्षमा गएकाे माघ महिनामा पहिलो पटक झापामा देखापरेको यस रोगको प्रकोपबाट अहिलेसम्म नौ हजार चार सय १० गाई, गोरु र भैँसी मरेका छन् । यसैगरी, अहिलेसम्म तीन लाख ५५ हजार छ सय ९८ पशु सङ्क्रमित भएका छन् । अहिले यस […]

Continue Reading

दैलेख पुगे प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दैलेख आइपुगेका छन् उनी कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन् दैलेख आइपुगेका हुन्। दैलेखको दुल्लु नगरपालिका–१२ स्थित दह गाउँ दाहालहरूको उत्पत्ति थलो हो। यो ठाउँ दाशु सन्ततिहरू दाहाल, लम्साल, रुपाखेती, कुँवर तथा राणाहरूको आदि भूमिका रूपमा चिनिन्छ। कुल शिरोमणि दाशुको सुरुको बसोबास भएको स्थान दह […]

Continue Reading

कांग्रेस सभापतिको जिम्मेवारी खड्कालाई

नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई तोकिएको छ। पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नियमित स्वास्थ्योपचार (फ्लोअप) का लागि सिङ्गापुर प्रस्थान गरेकोले कांग्रेसको विधानबमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उनलाई पार्टीको कार्यवाहक सभापति तोकेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

Continue Reading

बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका कारण कर्णालीबासीलाई अफ्ठ्यारो

सामान्य हावाहुरी चल्दासमेत घण्टौं बत्ती गायब हुने गरेको छ । यो समस्या अहिलेको भने होइन । वर्षौंदेखि ऊर्जाको खानी रहेको कर्णाली ऊर्जाकै खोजीमा छ । लो–भोल्टेज र ओभर भोल्टेजका कारण दैनिक ४० देखि ५० पटक बत्ती जाने आउने हुनाले रातमा राम्रोसँग सुत्नसमेत नसकिने वीरेन्द्रनगर–३ का जयबहादुर विष्ट बताउँछन् । विद्युत अनियमितताका कारण घरमा चिमहरु फ्यूज […]

Continue Reading

प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईविरुद्धकाे मुद्दामा कारण देखाऊ आदेश

सर्वोच्च अदालतले सशस्त्र सङ्घर्षमा संलग्न कम उमेरका सैनिकको व्यवस्थापनका विषयमा उचित निर्णय नगर्नुका कारण देखाउन आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले याे विषयमा कारण देखाउन प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका विरुद्धमा आदेश दिएको हो । अदालतले याे मुद्दामा अग्राधिकार हुने आदेशसमेत […]

Continue Reading

राष्ट्रपति पौडेललाई हृदयघात, गंगालालमा एन्जिओप्लाष्टी गरियो

राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात भएको छ। बिहान अचानक मुटुमा समस्या देखिएपछि उनलाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा लगिएको थियो। उनमा हृदयघात भएको पाइएपछि मुटुको बन्द धमनी खोलिएको अस्पताल स्रोतले जानकारी दिएको छ। ‘मुटुमा समस्या भएपछि राष्ट्रपतिज्यू बिहान ७ बजे अस्पताल आउनुभएको थियो । हर्टअट्याक भएको थाहा भएपछि एन्जिओप्लाष्टि गरेर मुटुको बन्द धमनी खुलाइएको छ’, […]

Continue Reading

आठबीसकोटका मेयर गुणस्तरहीन सडक भत्काउँदै

स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतबाट रुकुम पश्चिम आठबीसकोट-९ राडीमा निर्माण गरिएका नाला, सडकको ग्रावेल मापदण्डविपरीत भएको भन्दै भत्काउन सुरु गरिएको छ। नगरप्रमुख रवि केसीलगायतको टिमले अनुगमन गर्दा विकास निर्माणका काम गुणस्तरहीन भएको पाइएपछि भत्काउन सुरु भएको छ। टोलीले पालिका क्षेत्रमा पर्ने राडी बजार क्याम्पस सडक, पसाने रामघाटअन्तर्गत निर्माेणाधीन सडकको अनुगमनपछि नगरप्रमुखको टोलीले त्यस्तो निर्देशन […]

Continue Reading

कर्णालीले सिङ्गो देशलाई पाल्न सक्छ : मुख्यमन्त्री शर्मा

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले ‘नागरिकको लगानी नागरिकमै र राज्यको लगानी पनि नागरिककै’ केन्द्रित हुनुपर्ने बताएका छन् । सोमवार वीरेन्द्रनगरमा नागरिक लगानी कोषको शाखा कार्यालयको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । उनले कर्णालीका समग्र साधन स्रोतलाई सही तरिकाले प्रयोग गर्न सके सिङ्गो देश कर्णालीले पाल्न सक्ने दाबी गरे । मुख्यमन्त्री शर्माले सिङ्गो राष्ट्रलाई नाफामा […]

Continue Reading

सरकारमाथि संकट : बजेट संशोधन नभए फेल पार्ने रणनीतिमा सत्तापक्ष !

सरकारले ल्याएको ०८०/०८१ को बजेट सहज ढंगले पारित नहुने देखिएको छ। असन्तुलित ढंगले बजेट ल्याइएको भन्दै सत्तापक्षका सांसदहरूले विरोध गरेपछि सरकारलाई संकट देखिएको हो। बजेट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाश शरण महत र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको क्षेत्रमा केन्द्रित भएको भन्दै सत्तापक्षबाट तीव्र विरोध भइरहेको छ। नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले […]

Continue Reading

डुबेर बालकको मृत्यु

जिल्लाको डुंगेश्वर गाउँपालिका–१ खाँडा बस्ने बलबहादुर खड्काका ९ बर्सीय छोरा गणेश बहादुर खड्काको डुबेर मृत्यु भएको छ। पौडी खेल्लने क्रममा डुंगेश्वर गाउँपालिका–१ मा पर्ने लोहोरे खोलामामा डुबेर उनको आज (आइतबार) मृत्यु भएको हो। बालक खोलामा डुबेको सूचना पाएपछि प्रहरी टोली घटनास्थल गई शव निकालेको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए। बालकको शव पोस्टमाटमका लागि जिल्ला […]

Continue Reading