प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दैलेख आइपुगेका छन् उनी कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन् दैलेख आइपुगेका हुन्।
दैलेखको दुल्लु नगरपालिका–१२ स्थित दह गाउँ दाहालहरूको उत्पत्ति थलो हो। यो ठाउँ दाशु सन्ततिहरू दाहाल, लम्साल, रुपाखेती, कुँवर तथा राणाहरूको आदि भूमिका रूपमा चिनिन्छ।
कुल शिरोमणि दाशुको सुरुको बसोबास भएको स्थान दह गाउँमा ६६ इन्चको पूर्ण कदको प्रतिमा (सालिक) स्थापना गरिएको छ। प्रधानमन्त्री दाहालले प्रतिमा अनावरण गर्ने कार्यक्रम रहेको छ।
यो प्रतिमा २५ जेठमा काठमाडौंबाट देवघाट, नारायणघाट, गैँडाकोट, चौरमारा, बर्दघाट, दाउन्ने, बुटवल, गोरुसिङ्गे, लमही, दाङ, कोहलपुर, सुर्खेत, दैलेखको डुङ्गेश्वर हुँदै दह गाउँमा पुर्याइएका थियो।
