कर्णालीका मुख्‍यमन्त्री शर्माले अन्तत: दिए राजीनामा

कर्णाली प्रदेशका मुख्‍यमन्त्री राजकुमार शर्माले अन्तत: राजीनामा दिएका छन्। बुधबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। केन्द्रमा बनेको सत्ता गठबन्धनमा भएको सहमतिअनुसार उनी कर्णालीको नेतृत्व छाड्न बाध्य भएका हुन्। केन्द्रीय गठबन्धनका शीर्ष नेतृत्वहरूले कर्णाली प्रदेशको नेतृत्व एमालेलाई छाड्ने सहमति गरेका थिए। यसअघि विश्वासको मत लिएर मात्रै राजीनामा दिने अडानमा […]

Continue Reading

कर्णालीमा प्रदेशसभा बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजकुमार शर्माको पत्रको आधारमा मंगलबार तयार भएको प्रदेशसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको हो । विशेष कारणवश आज विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न असमर्थ भएकाले बैठक बुधबाररका लागि सार्न आफूले पत्राचार गरेको शर्माले बताए । ‘ नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम मलाई प्रदेश सभाको […]

Continue Reading

विमानस्थलको सुरक्षा सुदृढ बनाउनूस् : गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सुरक्षा प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन अध्ययन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन्। मन्त्रालयमा सरोकारवालाबीच भएको छलफलमा उनले राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागीको नेतृत्वमा गठित समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका हुन्। छलफलमा गृहमन्त्री लामिछानेले विमानस्थलमा रहेका निकायबीच प्रभावकारी समन्वय गर्न र एक अर्कालाई दोषारोपण […]

Continue Reading

त्रिविले अबदेखि अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र छाप्ने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अबदेखि अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र छाप्ने भएको छ। त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बिहीवार बसेको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको हो। त्रिविले आज जारी गरेको सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० साल […]

Continue Reading

भरपर्दो सुरक्षा नभई देशको अस्मिता र अस्तित्व रक्षा गर्न सकिन्न : रक्षामन्त्री उप्रेती

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सुरक्षा मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डतासँग अन्योन्याश्रित मात्र नभई सुशासन र विकासको पूर्वशर्त भएको बताएका छन्। उनले भरपर्दो सुरक्षा प्रबन्ध नभई मुलुकको अस्मिता र अस्तित्वको रक्षा तथा नागरिकलाई भयरहित वातावरण सुनिश्चित गर्न नसकिने धारणा राखे। रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा सञ्चालित १६ दिने उच्चस्तरीय राष्ट्रिय सुरक्षा […]

Continue Reading

राष्ट्रपति पौडेलले गरे विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले आज (शुक्रवार) अनुगमन तथा मूल्याङ्कन व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्। सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएको उक्त विधेयक राष्ट्रपतिले आज प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। “सङ्घीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको नेपालको संविधानको धारा १२३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण […]

Continue Reading

वीरेन्द्रनगरमा सडेको अवस्थामा एक महिलाको शव फेला

वीरेन्द्रनगरमा एक जना महिलाको शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका–१, को बांगेसिमल प्रहरी बिट भन्दा एक किलोमिटरको दुरीमा सुख्खा खोलामा उक्त शव फेला परेको हो । यद्यपि उक्त शव अहिलेसम्म पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ । पिंक कलरको कुर्ता लगाईको ती महिलाको शव सडिसकेको अवस्थामा फेला परेको बांगेसिमल प्रहरीले जनाएको छ । […]

Continue Reading

कुनै विचार नै नभएको पार्टी : रास्वपालक्षित ओलीको टिप्पणी

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै विचार नै नभएको पार्टीका रुपमा टिप्पणी गरेका छन्। मंगलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले नयाँ पार्टी कुनै विचार नभएको पार्टी भएको बताए।उनले चित्रकला प्रतियोगिताको उदाहरण दिँदै नयाँ भनिएकाहरु प्रतिष्पर्धामा आएको तर क्यानभास भने अझै खाली रहेको […]

Continue Reading

वर्तमान मुख्यमन्त्रीलाई नै निरन्तरता दिन माओवादी कर्णाली प्रदेश कमिटीको माग

नेकपा माओवादी केन्द्र, कर्णाली प्रदेश कमिटीले कर्णाली सरकारको नेतृत्वमा अहिलेकै मुख्यमन्त्री राजकुमार शर्माको निरन्तरता माग गरेको छ। आज बसेको प्रदेश कमिटीको बैठकले पार्टी केन्द्रसँग मुख्यमन्त्री शर्माको निरन्तरताका लागि जोडदार माग गरेको हो । माओवादीका प्रदेश अध्यक्ष विमला केसीले कर्णाली माओवादीको आधार क्षेत्र भएको र सबै हिसाबले माओवादी यहाँ बलियो रहेकाले वर्तमान मुख्यमन्त्रीकै‌ निरन्तरताका लागि केन्द्रसँग […]

Continue Reading

विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिँदैन : शिक्षामन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया नरोकिने बताएकी छन्। शुक्रवार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया नरोकिने बताएकी हुन्। बैठकमा नेकपा एमालेकी सांसद विद्या भट्टराईले २ विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको भन्दै कसरी काम अगाडि बढिरहेको छ भनि […]

Continue Reading