कुनै विचार नै नभएको पार्टी : रास्वपालक्षित ओलीको टिप्पणी


नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै विचार नै नभएको पार्टीका रुपमा टिप्पणी गरेका छन्।

मंगलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले नयाँ पार्टी कुनै विचार नभएको पार्टी भएको बताए।
उनले चित्रकला प्रतियोगिताको उदाहरण दिँदै नयाँ भनिएकाहरु प्रतिष्पर्धामा आएको तर क्यानभास भने अझै खाली रहेको ब्यंग्य गरे।

उनले नयाँ पार्टीहरुलाई आफ्नो चित्र (विचार) माग्दा पुरानाहरु छाड्ने र नयाँ चित्र बनाउँछौँ मात्रै भन्ने गरेको तर चित्र के बनाउने भन्ने नै थाहा नभएको बताए। अध्यक्ष ओलीले नयाँ पार्टीका प्रतिबद्धताहरु पनि उस्तै रहेको बताए।

‘नयाँ पार्टी विचारले नयाँ छैन‚ विचारमा केही पनि छैन। चित्रकलाको प्रतिष्पर्धात्मक चित्रकलामा प्रतिष्पर्धा गर्न उनीहरु आएका छन्‚ क्यानभास खाली छ‚’ उनले भने, ‘खोइ त चित्र भन्दा यि पुराना चित्रहरुको कुरा छोडिदिऔँ, हामीले नयाँ चित्र बनाउँछौँ। के बनाउँछन्? थाहा छैन। उनीहरुका प्रतिबद्धता पनि त्यस्तै हुन्।’

उनले विचारमा कुनै नयाँपन नरहेको बरु नेकपा एमालेले गरेका कामहरु नक्कल गर्ने काममा लागेको आरोप लगाए।

‘यि सबैका यि थोत्रा चित्रभन्दा, यि पुराना चित्रकारभन्दा, यिनीहरुको चित्र शैलीभन्दा नयाँ के हुन्छ त? त्यो बनाएपछि हेर्नुहोला पछि‚ अहिले हामीलाई भोट दिनुस्‚’ उनले भने‚ ‘यी गुलिया, मिठा, उल्टापाल्टा कुरा गर्छन्। नयाँहरु हाम्रा चित्र हेरेर रङ कसरी प्रयोग गरिन्छ, रङ संयोजना कसरी हुन्छ, हेर्न खोज्दै छन्। हामी सोध्छौँ, चित्र कस्तो लागिरहेको छ तर उनीहरु चित्र हेरिरहेका हुन्छन्- कसरी बनाउने, कोर्ने, त्यही सिक्न खोजेका छन् तर हाउभाउ बिगार्छन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *