वर्तमान मुख्यमन्त्रीलाई नै निरन्तरता दिन माओवादी कर्णाली प्रदेश कमिटीको माग


नेकपा माओवादी केन्द्र, कर्णाली प्रदेश कमिटीले कर्णाली सरकारको नेतृत्वमा अहिलेकै मुख्यमन्त्री राजकुमार शर्माको निरन्तरता माग गरेको छ।

आज बसेको प्रदेश कमिटीको बैठकले पार्टी केन्द्रसँग मुख्यमन्त्री शर्माको निरन्तरताका लागि जोडदार माग गरेको हो । माओवादीका प्रदेश अध्यक्ष विमला केसीले कर्णाली माओवादीको आधार क्षेत्र भएको र सबै हिसाबले माओवादी यहाँ बलियो रहेकाले वर्तमान मुख्यमन्त्रीकै‌ निरन्तरताका लागि केन्द्रसँग जोडदार माग गरिएको बताइन् ।

कर्णाली सरकारको नेतृत्वमा एमालेले समेत दबाब बढाइरहेकोले माओवादीले पनि आफ्नै निरन्तरताका लागि पार्टी केन्द्रलाई झक्झक्याइरहेको छ। यसअघि माओवादीका प्रदेश तहका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई समेत भेटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *