१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको अवसरमा सामुदायिक कार्ययोजनाअन्तर्गत जनचेतनामूलक कार्यक्रम सम्पन्न

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको अवसरमा सामुदायिक कार्ययोजनाअन्तर्गत पैरबी समूहको नेतृत्वमा लागुपदार्थ दुर्व्यसन, बालविवाह, जातीय छुवाछुत, र लैङ्गिक हिंसाका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले गुर्भाकोट-६ र १२, भेरीगंगा-११ र १२, लेकबेंसी-१ र ७, र वीरेन्द्रनगर-१ र ११ मा सडक नाटकसहितको र्‍याली र अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमका क्रममा प्रदर्शन गरिएका नाटकले समाजमा […]

Continue Reading

रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले पाँच दिन म्याद थप गरेको छ। जिल्ला अदालत कास्कीले उनलाई थप पाँच दिन म्याद थपी अनुसन्धान गर्न अनुमति दिएको हो। कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले आज सातौँपटक थप अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए। प्रहरीले […]

Continue Reading

रविलाई पोखरा पुर्‍याउनासाथ आक्रोशित बनेर उत्रिए समर्थक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पुर्वगृहमन्त्री रवि लामिछानेलाई फेरि पोखरा लगिएको छ। पर्साबाट काठमाडौं ल्याएर बुद्ध एयरको जहाजमार्फत लामीछानेलाई पोखरा लगिएको हो। रविलाई पोखराबाट बयानका लागि काठमाडौँ ल्याएर वीरगञ्ज पुर्‍याइएको थियो। मंगलबार एक दिनमै बयान सकेर आज पोखरा फर्काइएको हो। लामिछानेलाई आज बिहान वीरगञ्जबाट काठमाडौं ल्याएर फेरि पोखरा पठाइएको हो। काठमाडौँबाट साढे १ बजे […]

Continue Reading

कर्णालीली याक्सको तेस्रो जित

नेपाल प्रिमियर लिगको मंगलबार दोस्रो खेलमा कर्णालीली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले हराएको छ। पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको लक्ष्य दिएको थियो। जितको लक्ष्य लिएर मैदानमा उत्रिएको कर्णालीले ५ ओभर बाँकी छदैँ खेल जितेको हो। कर्णालीका लागि चाडविक वाल्टन ४२, बाबर हायात ७, देव खनाल शून्यमा आउट भए भने गुलशन झा ४९ र विलियम […]

Continue Reading

बीआरआई नेपालको हितमा छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित भएको बताएका छन्। चितवनमा आज पत्रकारसँग कुरा गर्दै उनले माओवादी केन्द्रको ध्यान सरकार परिवर्तनतर्फ नभई जनताका विकासका आकाङ्क्षा कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित रहेको बताए। उनले भने, “हाम्रो ध्यान सरकारतिर छैन। हाम्रो ध्यान […]

Continue Reading

हुम्लामा यो वर्ष पहिलोपटक हिमपात

हिमाली जिल्ला हुम्लामा यो वर्ष पहिलोपटक हिमपात भएको छ। आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी शुरु भएपछि गएरातिदेखि हिमपात भएको हो। आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले बताए । यो वर्ष ढिला […]

Continue Reading

शेयर बजार आज पनि घट्यो, ५ अर्ब ६२ करोड रुपैयाँको कारोबार

शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ८४ अङ्कले घटेर दुई हजार छ सय ७६ दशमलव १५ विन्दुमा झरेको छ । फाइनान्स, लगानी, उत्पादन, म्युचुअल फण्ड र अन्य समूहको शेयर सामान्य बढेपनि अरू सबै समूहको शेयर ओरालो लागेको छ । आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्तको शेयर १० प्रतिशतले […]

Continue Reading

आइतवारदेखि निर्वाचन आचारसंहिता लागू हुने

आसन्न स्थानीय तह उपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ। निर्वाचन आयोगको आजको बैठकले आइतवारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय भएको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्। आयोगका अनुसार नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र […]

Continue Reading

देशमा फेरि आन्दोलनको आँधीबेहरी ल्याउनुपर्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशमा फेरि एकपटक नयाँ आन्दोलनको सूत्रपात गर्न आवश्यक रहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नयाँ समाजवादी आन्दोलन, नयाँ उत्पादनको आन्दोलनको सूत्रपात जरुरी रहेको बताए। उनले उत्पादनको आन्दोलनमा माओवादीले अग्रणी भूमिका खेल्नुपर्ने जरुरी रहेको बताए। उनले संविधान सभाबाट संविधान बनाउँदा […]

Continue Reading

महिला साफ च्याम्पियनसीपको उपाधि बंगलादेशलाई

साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि बंगलादेशले उचालेको छ। बंगलादेशले लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको हो। खेलको ८०औँ मिनेटमा बंगलादेशका रितु चक्माले नेपालविरुद्ध निर्णायक गोल गरिन् बुधवार दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले नेपाललाई २–१ गोलअन्तरले पराजित गर्दै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको हो। पहिलो हाफमा गोललरहित बराबरी खेलेको नेपालविरुद्ध […]

Continue Reading