महिला साफ च्याम्पियनसीपको उपाधि बंगलादेशलाई


साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि बंगलादेशले उचालेको छ। बंगलादेशले लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको हो।

खेलको ८०औँ मिनेटमा बंगलादेशका रितु चक्माले नेपालविरुद्ध निर्णायक गोल गरिन् बुधवार दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले नेपाललाई २–१ गोलअन्तरले पराजित गर्दै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको हो।

पहिलो हाफमा गोललरहित बराबरी खेलेको नेपालविरुद्ध दोस्रो हाफको ५२ मिनेटमा बंगलादेशका मोनिका चक्माले पहिलो गोल गरिन्। त्यसको ३ मिनेटपछि खेलको ५५औँ मिनेटमा नेपालकी अमिषा कार्कीले गोल फर्काएर बराबरीमा लगिन्।

बंगलादेशले पुनः ८१औँ मिनेटमा नेपालका गोलकिपर एन्जिला तुम्बापो लिम्बुको बचाउ प्रयास असफल हुँदा नेपाल उपविजेतामै सीमित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *