नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशमा फेरि एकपटक नयाँ आन्दोलनको सूत्रपात गर्न आवश्यक रहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नयाँ समाजवादी आन्दोलन, नयाँ उत्पादनको आन्दोलनको सूत्रपात जरुरी रहेको बताए। उनले उत्पादनको आन्दोलनमा माओवादीले अग्रणी भूमिका खेल्नुपर्ने जरुरी रहेको बताए।
उनले संविधान सभाबाट संविधान बनाउँदा आफूहरुले भनेको जस्तो संविधान नबनेको बताए। उनले अहिलेको सरकारको उद्देश्य सुशासनको नभई भ्रष्टाचारीको संरक्षण गर्ने रहेको आरोप लगाए।
उनले भने, ‘अहिले देशमा एकपटक फेरि हामीले एउटा नयाँ आन्दोलनको सूत्रपात गर्नुछ। नयाँ समाजवादी आन्दोलनको। नयाँ उत्पादन आन्दोलनको सूत्रपात गर्नुछ। यो नयाँ समाजवादी आन्दोलन, उत्पादनको आन्दोलनमा हामीले अग्रणी भुमिका निर्वाह गर्नुपर्छ। हामीले संविधान सभाबाट संविधान बनाउँदै गर्दा हामीले भनेको जस्तो संविधान बनेको होइन।’
अध्यक्ष दाहालले भ्रष्टाचारीहरुलाई कारबाही गरेबापत आफू सरकारबाट हट्नुपरेको बताए।
