मोन्टी देशाई राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त

राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा मोन्टी देसाई नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले देसाईलाई औपचारिकरूपमा मुख्य प्रशिक्षकमा नियुक्त गर्नका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट स्वीकृति प्राप्त भएको जानकारी दिएको छ । देसाईले केही दिनदेखि नै नेपाली टिमलाई प्रशिक्षण दिन थालेका थिए । उनी सन् २०१४ देखि नै नेपाली क्रिकेटसँग नजिक रहेका […]

Continue Reading

प्रधानमन्त्री प्रचण्डले भने, ‘रविजीसँग फेरि कुरा गर्छु, गठबन्धनको एकतालाई जोगाउँछु

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताए । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै आफूले राष्ट्रिय सहमतिनै गरेर अघि बढ्ने […]

Continue Reading

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरियो

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ। आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट फिर्ता हुने निर्णय लिएको हो। सभापति रवि लामिछानेले गृहमन्त्रालयको जिम्मेवारी नपाएपछि रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो। प्रधानमन्त्री प्रचण्डले गृह छोडेर भौतिक पूर्वाधार मन्त्रालय लिन गरेको आग्रहलाई रास्वपाले अस्वीकार गरेको हो। रास्वपाले […]

Continue Reading

सत्ता नपाएर कांग्रेस पानीबिनाको माछा जसरी छट्पटायो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पानी बिनाको माछा जसरी छट्पटाइरहेको बताएका छन्। आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सत्ता गुमाएको कांग्रेस पानी बिनाको माछा जसरी छट्पटाइरहेको बताएका हुन्। ‘सदनमा कांग्रेसका व्इवहार संविधान र लोकतन्त्रका लागि बुझिनसक्नुका छन्। कांग्रेसका केही साथीहरूलाई आफ्नो परिचय प्रतिपक्ष भनेर मान्न सकस भइरहेको छ। मन मानिरहेको […]

Continue Reading

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा दैलेखका नरबहादुर खड्का नियुक्त भएका छन्। मुख्यमन्त्री राजकुमार शर्माले खड्कालाई शुक्रबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्। खड्कालाई शुक्रबारै उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश माधव प्रसाद पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

Continue Reading

राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य हुन्छ : माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ। शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकमा यसबारेमा चर्चा भएको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता देवेन्द्र पौडेलले राष्ट्रपतिको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति हुन नसके विचार, दृष्टिकोण, […]

Continue Reading

निर्वाचन आयोगले सरकारलाई ३ अर्ब फिर्ता पठाउने

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारलाई झन्डै ३ अर्ब रूपैयाँ चुनाव खर्च फिर्ता गर्न लागेको बताएका छन् । शुक्रबार आयोगले गरेको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले आयोगले २०७४ सालको चुनावमा भन्दा निकै मितब्ययी भएर खर्च गरेको बताए ।  उनले चुनावका लागि सरकारसँग १० अर्ब रूपैयाँ खर्च लाग्ने अनुमान गरेर […]

Continue Reading

सन्दीपविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वोच्चको आदेश

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश हरि फुयाँलको शुक्रबार (आज)को इजलासले सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात (कैफियत प्रतिवेदन) झिकाउन आदेश दिएको हो । सन्दीपलाई किन र के आधारमा छाडेको हो भन्ने विवरणसहितको प्रतिवेदन मगाउन सर्वोच्चले आदेश गरेको हो […]

Continue Reading

थपियो विदेशी मुद्राको सञ्चिति, साढे ८ महिनाको आयात धान्ने

कात्तिक महनिामा विदेशी विनिमय सञ्चितिमा थप सुधार देखिएको छ । कात्तिकमा विदेशी मुद्राको भण्डार १२ खर्ब ४६ अर्ब २७ करोड बराबरमा पुगेको नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९र८० को प्रथम चौमासिक प्रतिवेदनमा उल्लेख छ । असोज मसान्तमा ९ अर्ब ४८ करोड डलर रहेको विदेही मुद्रा सञ्चिति ९ अर्ब ६३ […]

Continue Reading

आयोगले प्रधानमन्त्रीलाई बुझायो निर्वाचन प्रतिवेदन

निर्वाचन आयोगले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाएको छ। प्रमुख आयुक्त दिनेश थपलियासहित आयोगका पदाधिकारीको टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई निर्वाचन प्रतिवेदन बुझाएको हो। प्रतिवेदन बुझ्दै प्रधानमन्त्री देउवाले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा आयोगलाई धन्यवाद दिएका थिए। यसअघि बिहीबारै प्रमुख आयुक्त थपलियासहित आयोगका पदाधिकारीले मत परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका थिए। आयोगले प्रदेशसभातर्फको […]

Continue Reading