थपियो विदेशी मुद्राको सञ्चिति, साढे ८ महिनाको आयात धान्ने


कात्तिक महनिामा विदेशी विनिमय सञ्चितिमा थप सुधार देखिएको छ । कात्तिकमा विदेशी मुद्राको भण्डार १२ खर्ब ४६ अर्ब २७ करोड बराबरमा पुगेको नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९र८० को प्रथम चौमासिक प्रतिवेदनमा उल्लेख छ ।

असोज मसान्तमा ९ अर्ब ४८ करोड डलर रहेको विदेही मुद्रा सञ्चिति ९ अर्ब ६३ करोड कायम भएको छ । साउन र भदौमा घटेको विदेशी विनिमय सञ्चिति असोज र कात्तिकमा लगातार बढेको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा १।० प्रतिशतले बढेर ९ अर्ब ६३ करोड कायम भएको हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँरहेकोमा कात्तिक मसान्तमा ३।३ प्रतिशतले बढेर रु।१० खर्ब ९१ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंकबाहेक० सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु।१ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा कात्तिक मसान्तमा २।७ प्रतिशतले घटेर १ खर्ब ५५ अर्ब ५ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ । कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३।५ प्रतिशत छ ।

आर्थिक वर्ष २०७९र८० को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९।७ महिनाको वस्तु आयात तथा ८।४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।

कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २५।७ प्रतिशत, ७०।० प्रतिशत र २२।४ प्रतिशत रह्यो । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २५।१ प्रतिशत, ५७।८ प्रतिशत र २२।१ प्रतिशत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *