आयोगले प्रधानमन्त्रीलाई बुझायो निर्वाचन प्रतिवेदन


निर्वाचन आयोगले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाएको छ।

प्रमुख आयुक्त दिनेश थपलियासहित आयोगका पदाधिकारीको टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई निर्वाचन प्रतिवेदन बुझाएको हो। प्रतिवेदन बुझ्दै प्रधानमन्त्री देउवाले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा आयोगलाई धन्यवाद दिएका थिए।

यसअघि बिहीबारै प्रमुख आयुक्त थपलियासहित आयोगका पदाधिकारीले मत परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका थिए।

आयोगले प्रदेशसभातर्फको अन्तिम मत परिणामसहितको प्रतिवेदन आगामी पुस २ गते सात वटै प्रदेशका प्रदेश प्रमुखलाई बुझाउने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *