अहिलेको सरकारले देशको लागि केही गर्न सक्दैन : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले केही पनि गर्न नसक्ने दाबी गरेका छन्। अध्यक्ष ओलीले नेपाली जनताले पाएको उपलब्धिविरुद्ध विभिन्न प्रकारका शक्तिहरु सल्बलाउन थाल्दा पनि सरकार गम्भीर नभएको ओलीको भनाइ थियो। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले केही गर्न नसक्ने सरकार किन […]

Continue Reading

गण्डकीमा मन्त्री छान्नै सकस, पहिले विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २१ वैशाखमा विश्वासको मत लिएपछि मात्र मन्त्रिरिषद विस्तारको तयारी गरेका छन् । आफ्नै पार्टी नेपाली कांग्रेसबाट आकांक्षी धेरै भएकाले पाण्डेलाई मन्त्री नियुक्त गर्न सहज छैन । ६० सदस्यीय प्रदेशसभामा २७ सदस्य रहेको कांग्रेसबाट ३ वा ४ जनामात्र मन्त्री हुनेछन् । तर आकांक्षी १० भन्दा धेरै छन् । ७ प्रदेशसभा सदस्य रहेको […]

Continue Reading

कर्णाली प्रदेशसभाको अधिवेशन अन्त्य

कर्णाली प्रदेशसभाको चालू अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १८३ को उपधारा २ बमोजिम आइतबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन्। मन्त्रिपरिषद्को आजै बसेको बैठकले संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गर्ने निर्णय गरी प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री राजकुमार शर्माले सिफारिसपत्र बुझाएका थिए।

Continue Reading

सरकारले थाल्यो महावीर पुनसँग वार्ता

सरकारले तीन दिनदेखि आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग वार्ता थालेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनबीच आज रक्षा मन्त्रालयमा वार्ता भएको हो। दिउँसो १ बजे भएको वार्ता सकारात्मक रहेको पुनले जानकारी दिएका छन्। छलफलमा माग सम्बोधनका लागि दुबै पक्षबाट वार्ता टोली गठन गरेर भोलिसम्म माग पूरा […]

Continue Reading

कोइरीको विवाद नटुंग्याई सकियो संसद् अधिवेशन

संघीय संसद्को चालू अधिवेशन आज (शुक्रवार) राति १२ बजेबाट अन्त्य हुने भएको छ।​ संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्य सम्बन्धी पत्र राष्ट्रपति कार्यालयबाट प्राप्त भएको जानकारी दिए। चालू अधिवेशन २०७९ पुस २५ गतेदेखि शुरु भएको थियो। जेठ १५ गते नयाँ आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गर्नुपर्ने भएकाले अधिवेशन अन्त्य गरिएको बताइएको छ। […]

Continue Reading

कर्णालीका मुख्यमन्त्रीले तेस्रोपटक पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार प्रदेशसभाको १४ औँ बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन् । उनले नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री शर्माले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत मागेका थिए । मतदानमा सहभागी […]

Continue Reading

रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्छ : मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिएरसँगै लैजानुपर्ने बताएका छन्। शुक्रबार नेपाल पर्यटन बोर्ड तथा होटल व्यवसायी महासंघ नेपालद्वारा संयुक्त रुपमा आयोजित २ दिने तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले जनताले सबैभन्दा धेरै विश्वास गरेर लामिछानेलाई सबैभन्दा बढी मतले विजयी गराएको बताए। उनले […]

Continue Reading

पहिचानकाे नाम गरेर ढुङ्गा हान्ने काम राजनीति होइन, भँडुवा नीति हो : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले गरिरहेको संस्कृति र शान्तिपूर्ण व्यवहारका विरुद्ध केही मानिसले हमला गर्ने र ढुङ्गा हान्ने गरेको बताउनुभएको छ । उहाँले पहिचानको नाम गरेर हमला गर्ने, ढुङ्गा हान्ने काम राजनीति नभएर भँडुवा नीति भएको बताउनुभयो । नेकपा एमाले जिल्ला कमिटी इलामले आयोजना गरेको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकको उद्घाटन गर्दै ओलीले […]

Continue Reading

कर्णालीका कानुनमन्त्रीले सार्वजनिक गरे सय दिने उपलब्धि

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नयाँ मन्त्री आएपछिका सय दिनबारे समीक्षा गरेको छ । गत माघ ११ मा यो मन्त्रालयको जिम्मेवारी सम्हालेका कृष्णबहादुर जिसीले सय दिनको अवधिमा भएका गतिविधिबारे समीक्षा गरेका हुन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री जिसीले यो अवधिका विपद् व्यवस्थापन, शान्ति सुरक्षा लगायतका विषयमा महत्त्वपूर्ण कार्य भएको दाबी गरे । […]

Continue Reading

संसदीय समितिमा राष्ट्रियसभाबाट तीनजना मनोनयन

ष्ट्रियसभाले संसदीय सुनुवाइ समितिमा सदस्यहरुको मनोनयन गरेको छ। राष्ट्रियसभाको बुधवार बसेको बैठकले संसदीय सुनुवाइ समितिमा ३ जना राष्ट्रिय सभा सदस्यहरुलाई मनोनयन गरेको हो। समितिमा राष्ट्रियसभा सदस्यहरु जगप्रसाद शर्मा, देवेन्द्र दाहाल र रमेशजंग रायमाझी मनोनयन भएका हुन्। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा यी तीन सदस्यहरुलाई मनोनयन गरेको जानकारी बैठकमा गराएका थिए भने बैठकले सर्वसम्मत […]

Continue Reading