केपी ओली चौथोपटक प्रधानमन्त्री बन्दै

कांग्रेस–एमालेबीचको सहमतिअनुसार नयाँ सरकार गठन भए एमाले अध्यक्ष केपी ओली चौथोपटक प्रधानमन्त्री बन्ने भएका छन्। सोमबार मध्यरातमा दुई ठूला दलबीच भएको सहमति अनुसार आजै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। उनी पहिलोपटक २४ असोज ०७२ मा प्रधानमन्त्री बनेका थिए । संविधान निर्माणपछि माओवादी, राप्रपा र राप्रपा नेपालको समर्थनमा उनले त्यतिवेला १० महिना सरकार […]

Continue Reading

पेट्रोलमा २ र डिजेलमा ५ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले असार १७ गतेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको सूचना जारी गरी जानकारी दिएको छ।​ हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन। बढेको मूल्य आज राति १२ बजेपछि लागू हुनेछ। मूल्यवृद्धिपछि काठमाडौं, पोखरा […]

Continue Reading

हरेक ठाउँमा भ्रष्टाचार व्याप्त छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हरेक ठाउँमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन्। आइतवार पार्टीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले बिनापैसा कुनै पनि सरकारी सेवा प्राप्त गर्ने परिस्थिति नरहेको बताए। उनले भ्रष्टाचार र बेथिति अन्त्य कसरी गर्ने भन्नेबारेमा काम गर्न आवश्यक रहेको बताए। उनले आफ्नो स्वार्थका निम्ति सरकारी ढुकुटी […]

Continue Reading

नेकपा एसको महाधिवेशन आजदेखि सुरु हुँदै

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १० औँ राष्ट्रिय महाधिवेशन आजदेििख सुरु हुँदैछ। २० गतेसम्म चल्ने महाधिवेशनको उद्घाटन आज हुने भएको छ। कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने महाधिवेशनमा देशभरिबाट एक हजार ८४७ जना प्रतिनिधि आउने सुनिश्चित भइसकेको सो पार्टीले जनाएको छ। महाधिवेशन तयारीबारे जानकारी दिन शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष माधवकुमार नेपालले […]

Continue Reading

भारतले १७ वर्षपछि जित्यो दोस्रो उपाधि

आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ। आज राति वेस्ट इण्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि दोस्रो उपाधि उपाधि जितेको हो । १० वर्षपछि विश्वकपको फाइनलमा पुगेको भारतसँग पहिलो पटक विश्वकपको फाइनलमा पुगेको दक्षिण अफ्रिका भने स्तब्ध भयो। भारतले दिएको १ सय ७७ रनको लक्ष्य […]

Continue Reading

पछिल्लो २४ घण्टामा विपत्तिमा परेर १० जनाको मृत्यु, तीन घाइते

विपदमा परेर पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ। गुल्मी, बागलुङ र स्याङ्जामा पहिरोमा पुरिएर ९ जनाको र चट्याङ लागेर दाङमा एक जनाको मृत्यु भएको हो। राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आज साँझ बुलेटिन जारी गरी उक्त जानकारी दिएको हो। गुल्मीमा गएराति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको […]

Continue Reading

कम्युनिष्टबीच एकता हुन जरुरी छ : एमाले उपाध्यक्ष ज्ञवाली

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले कम्युनिष्टहरूका बीच एकता हुन आवश्यक रहेको बताएका छन्। शनिवार काठमाडौँमा पुष्पलाल जन्मशताब्दी समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कम्युनिष्ट एकता देशका लागि धेरै महत्वपूर्ण रहेको बताए। उनले कम्युनिष्टहरूका बीचमा एकता नभइ देश समृद्ध बन्न नसक्ने पनि बताए। उनले देशको राजनीति र विशेषताले देशमा भएका सबै राजनीतिक दलहरु मिल्नुपर्ने […]

Continue Reading

एमालेबाट विद्रोह नगरेको भए गल्लीमा भौँतारिरहेका हुन्थ्यौँ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गरेर न्यायाचित काम गरेको र विद्रोह नगरेको भए गल्लीमा भौँतारिइरहेको हुने बताएका छन्। शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘जनताका नेता नेपाल’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमालेबाट विद्रोह गर्नुको अर्को कुनै विकल्प नभएको पनि दावी गरे। उनले एमालेबाट विद्रोह नगरेको भए आफूहरु गल्लीमा भट्किइरहेको अवस्थामा […]

Continue Reading

रहगाड खोलामा पुल नबन्दा स्थानीयवासीलाई सास्ती

कालिकोटको नरहरिनाथ गाउँपालिका-१ कोटवाडा र वडा नं ६, ७, ८ र ९ लालु, माल्कोट जोड्ने रहगाड खोलाको झोलुङ्गे पुल नबन्दा स्थानीयवासीलाई सास्ती भएको छ। झोलुङ्गे पुल बनाउन स्थानीय सरकारले चासो नदिँदा आवागमनमा समस्या भएको हो। २०७८ सालको बाढीले झोलुङ्गे पुल बगाएपछि कुनै निकायले चासो नदिँदा समस्या भएको नरहरिनाथ गाउँपालिका–१ का पूर्वजिल्ला विकास समितिका सदस्य कटकबहादुर […]

Continue Reading

शिक्षा अझै पनि सर्वसुलभ र व्यावहारिक छैन : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले शिक्षालाई सर्वसुलभ र व्यावहारिक बनाउन जरुरी रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अझै पनि नेपालमा शिक्षा व्यावहारिक हुन नसकेको भन्दै शिक्षालाई सबैको पहुँचमा पुर्‍याउनुपर्ने बताए। उनले शिक्षाले समाजलाई परिवर्तन गर्ने भन्दै शिक्षालाई दर्शन सिक्ने ठाउँको रुपमा विकास गर्नुपर्ने बताए। उनले नेपालको शिक्षा नेपाली […]

Continue Reading