कम्युनिष्टबीच एकता हुन जरुरी छ : एमाले उपाध्यक्ष ज्ञवाली


नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले कम्युनिष्टहरूका बीच एकता हुन आवश्यक रहेको बताएका छन्। शनिवार काठमाडौँमा पुष्पलाल जन्मशताब्दी समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले कम्युनिष्ट एकता देशका लागि धेरै महत्वपूर्ण रहेको बताए। उनले कम्युनिष्टहरूका बीचमा एकता नभइ देश समृद्ध बन्न नसक्ने पनि बताए।

उनले देशको राजनीति र विशेषताले देशमा भएका सबै राजनीतिक दलहरु मिल्नुपर्ने देखाएको उल्लेख गरे। उनले सबै कम्युनिष्ट राजनीतिक दलहरूको उद्देश्य देशलाई अघि बढाउने भएकाले सबै एक भएर अघि बढ्न आवश्यक रहेको बताए।

उनले कम्युनिष्टहरू फुटेर नभइ जुटेर अघि बढ्न आवश्यक रहेको बताए। उनले नेपाली जनता, राजनीतिक पार्टी, कम्युनिष्टहरू एकताबद्ध भएर जाने हो भने संसारका कुनै पनि तागतले केही गर्न नसक्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *