प्रेस चौतारी नेपालका नवनिर्वाचित केन्द्रीय तथा प्रदेश समितिका पदाधिकारीलाई सम्मान

प्रेस चौतारी नेपाल सुर्खेत शाखाले नवनिर्वाचित प्रेस चौतारी नेपालका केन्द्रीय तथा प्रदेश समितिका सदस्य तथा पदाधिकारीलाई सम्मान तथा बधाई दिएको छ । आज सुर्खेतको वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी प्रेस चौतारी सुर्खेतले हालै विराटनगरमा सम्पन्न प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कर्णाली प्रदेश ईन्चार्ज यामप्रसाद शर्मा, केन्द्रीय सदस्यहरु आकाश तारा बयक, मालती केसी, शेरबहादुर […]

Continue Reading

स्ववियु निर्वाचनमा नेविसंघकाे प्यानल विजयी

मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संगठनको प्यानल नै विजयी भएको छ । अध्यक्षमा नेविसंघका विवेक खड्का नेतृवको प्यानल नै विजयी भएको हो । सोमबार भएको मतदानबाट नेकपा एमाले निकट अनेरास्ववियुका जगतजंग शाहीलाई पराजित गर्दै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । सार्वजनिक नतिजा अनुसार खड्काले ११ सय ८७ […]

Continue Reading

राष्ट्रपतिद्वारा संसदको चालु अधिवेशन अन्त्य

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गर्नुभएको छ। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले संसदका दुवै सदनको चालु अधिवेशन मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य गर्नुभएको हो। सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । संघीय संसदको अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आव्हान […]

Continue Reading

धर्नामा बसेका कर्मचारीको आँखा छलेर मध्यरातमा प्रदेश निजामती विधेयक पारित

‘कर्णाली प्रदेश निजामती सेवा ऐन,-०८० लाई संशोधन गर्न बनेको विधेयक’ प्रदेश सभाबाट पारित भएको छ । मध्यराति बसेको अधिवेशनको ३१ औं बैठकले उक्त विधेयक पारित गरेको हो ।‎विधेयक यसअघि प्रदेश मामिला समितिमा थियो । सोमबार दिउँसो ३ बजे संसद बैठक बस्ने कार्यतालिका रहेपनि विधेयक नै पास गर्नुपर्ने उद्देश्यसहित राति ९ बजेबाट मात्रै प्रदेश सभा बैठक […]

Continue Reading

कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको रिट हेर्दाहेर्दैमा

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको रिट हेर्दाहेर्दैमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा दुवैका रिटमाथि आज सुनुवाइ भएकोमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेको सर्वोच्च प्रशासनले जनाएको छ । घिसिङ र शाक्यको रिटमा अस्ति आइतवार पनि पेशी तोकिएकाेमा हेर्न नमिल्नेमा परेको थियो । […]

Continue Reading

मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु मतदान सम्पन्न

मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान सम्पन्न भएको छ। सोमबार बिहानदेखि सुरु भएको मतदानमा २८ सय ६४ विद्यार्थीले मतदान गरेका छन्। निर्वाचन अधिकृत खगेन्द्रप्रसाद अधिकारीका अनुसार समानुपातिकतर्फ २८ सय ६२ मत खसेको छ। चार हजार ३८३ मतदाता रहेको विश्वविद्यालयमा एक हजार ५१९ विद्यार्थी मतदानमा सहभागि भएनन्। निर्वाचन समितिका अनुसार मतपेटिका संकलन पश्चात बस्ने […]

Continue Reading

डिजेल र मट्टीतेलको मूल्य २ रुपैयाँ घट्यो

सरकारले डिजेल र मट्टीतेलको भाउ घटाएको छ। नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर २ रुपैयाँ घटाएको हो। भारतबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलको भाउ प्रतिलिटर ४५ पैसा बढेर आएको र डिजेल तथा मट्टितेलको भाउ भने प्रतिलिटर २ रुपैयाँ १५ पैसा घटेर आएको थियो। बढे पनि पेट्रोलको भाउमा कुनै घटबढ नगरिएको तर […]

Continue Reading

दुवै सदनबाट पारित भएसँगै ५ वटा अध्यादेश कानून बन्ने बाटो खुल्यो

सरकारले जारी गरेका अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच वटा प्रतिस्थापन विधेयक सङ्घीय संसद्का दुवै सदनबाट पारित भएका छन् । प्रतिनिधिसभाले पारित गरेर सन्देशसहित पठाएका पाँच वटा प्रतिस्थापन विधेयक आज एकैदिन राष्ट्रियसभाबाट पारित भए । यस्तै राष्ट्रियसभाले पारित गरी सन्देशसहित पठाएका ती विधेयक आजै प्रतिनिधिसभाको दोस्रो बैठकले पारित गरेसँगै अध्यादेश कानून बन्ने बाटो खुलेको छ । […]

Continue Reading

तीनकुनेमा गणतन्त्रको समर्थनमा एमालेको मोटरसाइकल र्‍याली

 नेकपा एमालेले काठमाडौँको तीनकुनेमा गणतन्त्रको समर्थनमा मोटरसाइकल र्‍याली गरेको छ। आज एमालेले देशभर विभिन्न स्थानमा गणतन्त्रको पक्षमा र्‍याली आयोजना गरेको थियो। सोही कार्यक्रमअन्तर्गत काठमाडौँमा पनि मोटरसाइकल र्‍याली गरेको हो।  गणतन्त्रको संरक्षण तथा पार्टीको सांगठनिक सुदृढीकरणलाई लक्षित गरी आयोजित र्‍यालीमा पार्टीका नेता/युवा कार्यकर्ताको सहभागिता रहेको थियो।  र्‍यालीमा उनीहरूले मोटरसाइकलमा एमालेको झण्डा फहराउँदै पार्टीको नारा लगाउँदै तथा […]

Continue Reading

कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने सरकारले निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार बेलुका राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्ने निर्णय भएको सरकारका प्रवक्ता विनोदकुमार शाहले बताउनुभयो । त्यसका लागि सरकारले आइतबार नै प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष सिफारिस गर्ने छ । यस्तै अन्य ११ वटा निर्णय भएका छन् । किटनाशक विषादी […]

Continue Reading