प्रधानमन्त्री दाहाल सुर्खेतमा, खप्तड जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड खप्तड जानका लागि सुर्खेत आइपुगेका छन् । सुर्खेतमा उनले वीरेन्द्रनगर ७ इत्रामस्थित प्रदेश अस्पताल कालागाउँका निर्देशक डा. डम्बर खड्काकी स्वर्गीय श्रीमती डा. सन्जु खड्कालाई श्रद्वान्जली समेत दिने कार्यक्रम रहेको छ । खप्तडमा आजदेखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड आज खप्तड जान लागेका हुन । योग […]

Continue Reading

अर्थमन्त्रीज्यू ! पूजापाठ गरेर अर्थतन्त्र सुधार हुँदैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. प्रकाश शरण महतलाई पूजा पाठबाट अर्थतन्त्र सुधार नहुने सुझाव दिएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले अर्थतन्त्रको सुधार पूजापाठ गरेर नहुने बताएका हुन्। उनले भगवानको शरणमा परेर र पूजापाठ गरेर अर्थतन्त्रमा सुधार नहुने बताउँदै भिजनसहितको प्रयासबाट मात्रै अर्थतन्त्रमा सुधार आउने बताए। ‘अजिंगर जस्तो छ। अगाडि […]

Continue Reading

प्रधानमन्त्रीले सबै जितेर आएजस्तो गर्नुभो, साँच्चै ल्याएको १५ वटा राँगा मात्रै हो : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका क्रममा १५ वटा राँगा आएको मात्रै उपलब्धी भएको दाबी गरेका छन्। प्रतिनिधिसभा बैठकमा सोमबार समय लिएर बोल्दै ओलीले अरू कुरा प्रधानमन्त्रीले प्रमाणित गर्नुपर्ने बताए। ‘अघि प्रधानमन्त्रीको फूर्तिफार्ती सारा जितेर फर्किएको सिकन्दरजस्तो थियो। सब फाँडेर फर्किएको चंगेज खाँजस्तो थियो। अचम्म लाग्यो मलाई । साँच्चै ल्याएको […]

Continue Reading

कर्णाली प्रदेश योजना आयोगको सदस्यमा खनाल नियुक्त

कर्णाली प्रदेश योजना आयोगले अझै पनि पूर्णता पाउन सकिरहेको छैन । सोमबार थप एक जना सदस्यलाई नियुक्त गरे पनि आयोगले पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्री नियुक्त भएको झण्डै ५ महिना बितिसक्दा पनि आयोगले पूर्णता पाउन नसकेको हो । यसअघि आयोगको उपाध्यक्षमा माओवादी कोटाबाट योगेन्द्रबहादुर शाही नियुक्त भएका थिए । सोमबार सत्तारुढ नेपाली कांग्रेसको कोटाबाट […]

Continue Reading

भारतसँग नेपाली भूमि साट्ने प्रस्ताव गरिएको छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले लिपुलेक, लिम्पियाधुरा र कालापानी साट्ने प्रस्ताव भारतीय पक्षसँग नराखेको बताएका छन्। एमालेसहितका विपक्ष दलहरुले सो भूमि साट्न सकिने अभिव्यक्ति दिएको भन्दै संसद् बैठक अवरुद्ध पारिरहेका बेला प्रधानमन्त्री दाहालको यस्तो स्पष्टीकरण आएको हो। उनले पहिलोपटक आफूले सो भूमि नेपालको हो भनेर स्थापित गराउन पहलकदमी लिएको दाबीसमेत गरे। सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नो भारतको […]

Continue Reading

कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

कर्णाली प्रदेश सरकारले अर्ग्यानिक प्रदेशको योजनालाई पुनः निरन्तरता दिएको छ। आइतबार आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख तिलक परियारले अर्ग्यानिक प्रदेशको योजनालाई निरन्तरता दिइएको जानकारी दिए। नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा परम्परागत कृषि प्रणाली निरुत्साहित गर्दै प्रतिस्पर्धात्मक, जलवायु अनुकुलन र उत्थानशील बनाई अर्गानिक प्रदेशको रूपमा विकास गरिने बताइएको छ। कृषि […]

Continue Reading

भारत भ्रमण सफल र परिणाममुखी रह्यो : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण सफल र परिणाममुखी रहेको बताएका छन्। भारतको ४ दिने औपचारिक भ्रमण गरी शनिबार स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीमाझ उक्त दावी गरेका हुन्। प्रधानमन्त्री दाहालले दुई मुलुकबीचको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजबुत बताउन पनि आफ्नो भारत भ्रमणले महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए। उनले […]

Continue Reading

प्रचण्ड स्वदेश आइपुगे

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने भ्रमण पूरा गरी स्वदेश फिर्ता भएका छन्। प्रधानमन्त्री प्रचण्ड नेपाल वायुसेवाको विमानमार्फत साँझ साढे ६ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मीनाक्षी लेखीले बिदाइ गरेकी थिइन्। भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एकल भेटवार्ता र प्रतिनिधिमण्डलसँग छलफल […]

Continue Reading

कपुरकोटमा आगलागी हुँदा लाखौँको क्षति

सल्यानको कपुरकोट गाउँपालिका–३ फलाटेमा दुई घरमा आगलागी हुँदा चार लाख बराबरको क्षति भएको छ। बिजुलीको तार सट हुँदा फलाटेका ५५ वर्षीय सेते डाँगीको घर र ३५ वर्षीय कृष्ण खत्रीको गोठ जलेर पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। डाँगीको फुसले छाएको दुई कोठे घर र खत्रीको गोठ पूरै जलेर नष्ट भएको जिल्ला […]

Continue Reading

नागरिकता विधेयकको देशभर विरोध गर्छौँ : एमाले

नेकपा एमालेले राष्ट्रपतिबाट नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण कानुनविपरीत भएको ठहर गरेको छ। शुक्रवार बसेको पार्टी बैठकले नागरिकता विधेयक मन्त्रिपरिषद्‌बाट लगेर पास गर्नु नेपालको संविधान, प्रचलित कानून एवं स्थापित मूल्यविरुद्ध भएको बताएको छ। पार्टी उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अघिल्लो संसद्ले पारित गरी प्रमाणीकरण गर्न पठाएको संवैधानिक समयसीमाभित्र प्रमाणीकरण नभएपछि निष्क्रिय विधेयकलाई […]

Continue Reading