त्रिशूलीमा ८ वटा शव फेला‚ ५ जनाको पहिचान खुल्यो

उद्धारमा खटिएका सुरक्षाकर्मीले त्रिशूली नदीमा बेपत्ता भएका बस खोजीका क्रममा ८ वटा शव फेला पारेका छन्। शुक्रवार नारायणगढ(मुग्लिन सडक खण्डको सिमलतालमा दुईवटा बस पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका थिए। तीमध्ये ५ वटा शवको पहिचान खुलेको छ भने ३ वटा शवको सनाखत हुन बाँकी रहेको नेपाली प्रहरीले जनाएको छ। गणपति डिलक्स बसमा सवार भारत बिहार […]

Continue Reading

त्रिशूलीमा खसेको बस र यात्रु खोजी स्थगित

चितवनको नारायणजगढ-मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालको पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता पारेको दुई बस र यात्रुको खोजी कार्य आजलाई स्थगित गरिएको छ। भोलि आइतवार पुन: खोजतलास थालिने चितवन प्रहरीले जनाएको छ। चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले आजसम्म दुई शव मात्रै नदीबाट निकालिएको जानकारी दिँदै अर्को एउटा शव भने सनाखत हुन नसकेको बताए। बस पहिरोमा परेर […]

Continue Reading

प्रधानमन्त्रीमा ओलीको नियुक्ति र शपथ भोलि हुने

राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भोलि मात्र प्रधानमन्त्री नियुक्त गर्नुहुने भएको छ । हिजो राति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेर ओलीले नयाँ सरकार गठनका लागि दाबी पेस गर्नुभएको थियो । नेपाली कांग्रेसका ८८ र एमालेका ७७ गरी कुल १६५ सांसदको समर्थनमा ओलीले दाबी पेस गर्नुभएको हो […]

Continue Reading

भानुभक्तले भाषा र साहित्यमार्फत राष्ट्रिय एकता प्रवर्द्धन गरे : विद्या भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भानुभक्त आचार्यले भाषा र साहित्यका माध्यमबाट राष्ट्रिय एकताको प्रवर्द्धनका लागि पुर्‍याएको विशिष्ट योगदानको स्मरण गरेकी छिन्। आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीका अवसरमा आज पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत भानुभक्त आचार्यद्वारा नेपाली भाषामा अनुवाद गरिएको रामायणले विविध भूगोल, जातजाति, संस्कार र संस्कृति अँगालेका नेपालीबीच अपनत्वको भावना र साझा मनोविज्ञानको निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको बताइन्। […]

Continue Reading

नयाँ सरकारको दावी पेश गरेर देउवा र ओली शीतलनिवासबाट निस्किए

नेकपा एमालेका अध्यक्ष नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गरेर कांग्रेस र एमालेका नेताहरु शीतल निवासबाट निस्किएका छन्। कांग्रेस सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष ओलीले दुई दलको समर्थनसहितको दावी पेश गरेका हुन्। ओलीलाई प्रधानमन्त्री नियुक्त कहिले भन्ने कुरा राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयमा भर पर्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। […]

Continue Reading

विश्वासको मत नपाएपछि राष्ट्रपति भेट्न पुगे प्रचण्ड

प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भेट्न शीतलनिवास पुगेका छन्। संसद बैठक सकिएलगत्तै प्रचण्ड राष्ट्रपति भेट्न गएको नेकपा माओवादीका सांसद माधव सापकोटाले जानकारी दिए। प्रचण्डले राष्ट्रपतिलाई संविधानअनुसार नयाँ सरकार गठनको आव्हान गर्न आग्रह गर्ने उनले बताए। नेकपा माओवादी केन्द्र संविधानको धारा ७६ (३) बमोजिम नयाँ सरकार गठन हुनुपर्ने पक्षमा छ। राष्ट्रपतिले […]

Continue Reading

रुकुमपश्चिमका भूकम्प पीडितलाई दोस्रो किस्ता उपलब्ध

गत कात्तिक १७ गते राति जाजरकोटमा केन्द्रविन्दु भएर गएको भूकम्पबाट घर क्षति भई लाभग्राही कायम भएका रुकुमपश्चिमका १६ हजार भूकम्पीडितका लागि दोस्रो किस्ताको रकम निकासा भएको छ । जिल्ला प्रशासन कार्यालयले १६ हजार लाभ्रग्राहीलाई अस्थायी आवास निर्माणबापतको ४० करोड रुपियाँ सम्बन्धित स्थानीय तहमा पठाइ सकिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले भूकम्पबाट प्रभावित घरपरिवारलाई आवास […]

Continue Reading

मुग्लिन–नारायणगढ सडक खण्ड : पहिरोमा बेपत्ता बस र यात्रुको अवस्था अझै अज्ञात

मुग्लिन–नारायणगढ सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा बेपत्ता भएको दुईवटा बस र त्यसमा रहेका यात्रुको अवस्था अझै थाहा हुन सकेको छैन । बिहान साढे तीन बजे पहिरोले दुईवटा बस बगाएर त्रिशूली नदीमा बेपत्ता भएको सूचना पाउनेबित्तिकै प्रहरीले खोजी गरिरहेको छ । दुई वटा बसमा चालकसहित ६० जनाभन्दा धेरै यात्रु रहेको भनिए पनि पूर्ण विवरण आउन बाँकी […]

Continue Reading

कर्णाली सरकारको एक महिनामा पाँच अर्बभन्दा बढी भुक्तानी

जेठ महिनासम्म काम नगर्ने र आर्थिक वर्षको अन्तिम महिना असारमा बजेट खर्च गर्ने प्रवृत्ति कर्णाली प्रदेशमा यस वर्ष पनि दोहोरिएको छ । जेठ महिनासम्म बजेट खर्चमा ध्यान नदिएको प्रदेश सरकारले असार लागेसँगै भुक्तानीलाई तीव्रता दिएको हो । सरकारले असारका २३ दिन (आइतबारसम्म) पाँच अर्ब ७६ करोड ३३ लाख ८४ हजार ११०.६५ रुपियाँ बजेट खर्च गरेको […]

Continue Reading

राष्ट्रियसभाको बैठक स्थगन गरेकोमा चार दलको आपत्ति

नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले राष्ट्रियसभाको बैठक स्थगित भएको विषयप्रति ध्यानाकर्षण भएको जनाएका छन्। आज तोकिएको राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा अधिकांश सदस्यहरुको असहमतिका बाबजूद पनि राष्ट्रियसभाको बैठक अचानकस्थगित भएको भन्दै ती दलले ध्यानाकर्षण भएको जनाएका हुन्। यही असार २३ गते नै नियमित कार्यसूचीमा आएका आर्थिक विधेयक […]

Continue Reading