राष्ट्रियसभाको बैठक स्थगन गरेकोमा चार दलको आपत्ति


नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले राष्ट्रियसभाको बैठक स्थगित भएको विषयप्रति ध्यानाकर्षण भएको जनाएका छन्।

आज तोकिएको राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा अधिकांश सदस्यहरुको असहमतिका बाबजूद पनि राष्ट्रियसभाको बैठक अचानकस्थगित भएको भन्दै ती दलले ध्यानाकर्षण भएको जनाएका हुन्।

यही असार २३ गते नै नियमित कार्यसूचीमा आएका आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१, भन्सार महशुलसम्बन्धी विधेयक २०८१ लाई पारित गर्नुपर्नेमा अर्थमन्त्रीको गलत मनसायका कारण आजको बैठकमा अर्थमन्त्रीको अनुपस्थिति भन्दै राष्ट्रियसभाका अध्यक्षले उक्त दलहरुको असहमतिका बाबजुद बैठक स्थगित गरेका चार दलद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ।

यस कदमबाट राष्ट्रियसभाले विधेयकमा आफ्नो सुझाव र संशोधन राख्न पाउने संवैधानिक र कानुनी अधिकारसमेत हनन भएको एमालेको प्रमुख सचेतक भगवती न्यौपाने, कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकाय, जसपा दलका नेता मृगेन्द्रकुमार सिंह र लोसपा दलका नेता शेखरकुमार सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *