मोटरसाइकल चोरीमा संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौँ — काठमाडौँमा मोटरसाइकल चोरी कार्यमा संलग्न ७ जना गिरोह पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार रामशाहपथस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरी कार्यमा संलग्न सो गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको हो । गएराति काठमाडौँको बबरमहलबाट उनीहरुलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझाउन लागिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ […]

Continue Reading

नवविवाहित जोडीलाई बुद्ध एयरको काठमाडाैं–पाेखरा दुईतर्फी टिकट सित्तैमा !

काठमाडौँ । बुद्ध एयरले उसको विमानबाट यात्रा गर्ने बेहुला–बेहुली जोडीलाई पोखराको दुईतर्फ टिकट उपहार दिने भएको छ । बुद्ध एयरले मंगलबार प्रेस विज्ञप्तिमार्फत नवविवाहित जोडीलाई शुभकामनासहित पोखराको दुईतर्फि टिकट उपहार दिने जनाएको हाे । कम्पनीका अनुसार यसका लागि बेहुला–बेहुलीसहित बुद्ध एयरको विमानमा यात्रा गरेको तस्विर बुध्द एयरको सामाजिक सञ्जालमा ट्याग गर्नुपर्नेछ । नवविवाहित जोडीको भ्रमणका […]

Continue Reading

डीएआरले किन्यो ‘प्रकाश’को डिजिटल अधिकार

काठमाडौं– निर्देशक दिनेश राउतको निर्देशन तथा अभिनेता प्रदिप खड्काको मुख्य भुमिका रहेको फिल्म ‘प्रकाश’को डिजिटल राइटस डिएआर मुभिजले किनेको छ । उनका अनुसार फिल्मको भारतमा हिन्दी भाषामा डब गरेर समेत प्रदर्शन गर्ने तयारी भइरहेको छ । फिल्म भारतका विभिन्न शहरमा रहेका थिएटरमा नेपाली भाषामा समेत रिलिज गरिनेछ । बिनिस इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा प्रदीपका अलावा […]

Continue Reading

ओली गुहार्दै वकिलहरू पुगे बालकाेट

काठमाडौँ । आन्दोलनरत वकिलहरू प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । कात्तिकदेखि प्रधान न्यायाधीश जबराको राजीनामा माग्दै आएका वकिलहरूले पूर्वप्रधान मन्त्रीसमेत रहेका ओलीलाई भेटेर राजीनामा माग्ने बालकाेट पुगेका नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । ओलीले १२ बजेको समय दिएपछि आफूहरू बालकोट गएको उनले […]

Continue Reading

बारका पदाधिकारी ओली भेट्न बालकोट जाँदै

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने भएका छन् । ओली भेट्न नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा अधिवक्ताहरु रामशाहपथस्थित बार एसोसिएसनको कार्यालयबाट बालकोटतिर प्रस्थान गरेका छन् । ओलीले साढे १२ […]

Continue Reading

हाम्रो रेकर्ड तोड्न नसकेपछि कांग्रेस-माओवादीले जनसभा नगर्ने निर्णय गरे : योगेश

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले चितवनमा भएको महाधिवेशनबाट एमाले एकताबद्ध भएर मिसन र कार्यदिशामा शक्ति आर्जन गरेर फर्केको बताएका छन् । भरतपुरमा आज प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले एमालेले महाधिवेशनबाट आर्जन गरेको शक्ति आगामी निर्वाचनमा देखिने उल्लेख गर्दै ५० प्रतिशत बढी स्थानीय तहमा जित्ने र संघ तथा प्रदेशमा […]

Continue Reading

ओमिक्रोन भाइरस पुष्टि भएका देशबाट नेपाल प्रवेशमा रोक

सरकारले ओमिक्रोन भाइरस पुष्टि भएका देशबाट नेपाल प्रवेशमा रोक लगाएको छ । आइतबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य मन्त्रालयका विशेषज्ञ डा. गुणराज लोहनीले अध्यागमन विभागले संक्रमणको पुष्टि भएका देशबाट नेपाल प्रवेशको अनुमति नदिने व्यवस्था गरिएको  बताए । मन्त्रिपरिषद्ले यसअघि नै ९ देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाइसकेको छ । मन्त्रिपरिषदको बैठकले जोखिम रहेका ९ देशबाट नेपाल […]

Continue Reading

शौचालय जान्छु भनेर प्रहरी हिरासतभित्रै आत्महत्याको प्रयास

बझाङमा लागुऔषध चरेससहित पक्राउ परेकी एक महिलाले प्रहरी हिरासतभित्रै आत्महत्याको प्रयास गरेकी छन् । मंसिर १४ गते २८ किलो चरेससहित पक्राउ परेकी जयपृथ्वी नगरपालिका वडा नं ३, की कल्पना रोकायालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । अनुसन्धानको लागि दोस्रो पटक म्याद थप गर्ने तयारी हुदै उनले गर्दा शौचालय जाने बहाना बनाएर हिरासतको शौचालयभित्रै झुण्डिएर […]

Continue Reading

सीता राना मगरले विदेशी लिग खेल्ने

नेपाली क्रिकेटर सीता राना मगरले हंगकंगमा हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेसनल-२०२२ खेल्ने भएकी छन्। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उप-कप्तान समेत रहेकी राना मगरले हंगकंगमा हुने प्रतियोगिता खेल्ने शनिबार क्विन्स इभेन्ट मेनेजमेन्टले जानकारी  दिएको हो । क्विन्स इभेन्ट मेनेजमेन्टले राना मगरलाई एजेन्सी सेवा प्रदान गर्नेछ । योसँगै सिता विदेशी प्रतियोगिता खेल्ने पहिलो नेपाली […]

Continue Reading

रेखा थापाको पक्षमा दिपकराज गिरी

काठमाडौँ। कलाकार दीपकराज गिरीले अभिनेत्री रेखा थापा राप्रपाकाे महामन्त्रीमा उम्मेदवार बनेकोप्रति समर्थन जनाएका छन् । राप्रपाको अधिवेशनको अर्थ आफूलाई केही नभएपनि रेखाको उम्मेदवारीका बारेमा विभिन्न कोणबाट उठेका प्रश्नहरू अनावश्यक रहेको भन्दै गिरीले ती प्रश्नहरूको जवाफ पनि दिएका छन् । ‘गणतन्त्रवादी रेखा कसरी राप्रपा ? भनेर प्रश्न गर्नेहरूलाई जवाफ दिँदै उनले भनेका छन्, ‘कांग्रेस एमालेमा पनि […]

Continue Reading