नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका दुईजना वडा अध्यक्ष नेकपा एमालेमा प्रवेश

धनकुटा । नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका दुईजना वडा अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् । आज शहीदभूमि गाउँपालिकाको छिन्ताङमा आयोजित एमालेको सभामा धनकुटा नगरपालिका- ९ मा नेकपा माओवादीबाट निर्वाचित वडाध्यक्ष सन्दीप रायमाझी र महालक्ष्मी नगरपालिका-३ मा नेकपा माओवादीबाटै निर्वाचित वडाध्यक्ष भरत थापालगायतका नेता/कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेस, माओवादीलगायतका दलबाट एमाले रोजेका […]

Continue Reading

प्रतिनिधि छान्दै एमाले, समझदारी अपनाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उच्च समझदारीका साथ आसन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न पार्टीका सदस्यलाई आह्वान गरेका छन् । महाधिवेशनका लागि आज देशभर प्रतिनिधि चयनको मिति तय भएको सन्दर्भमा अध्यक्ष ओलीले आज सन्देश जारी गर्दै दलभित्र आपसी समझदारी सुदृढ एकताको आधार हुने भएकाले यसलाई लोकतन्त्रकै अभ्यासका रुपमा प्रयोग गर्न […]

Continue Reading

एमाले महाधिवेशन : १,९९९ प्रतिनिधि छानिँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले शनिवार मुलुकभरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छान्दैछ । संगठित सदस्यताका आधारमा जिल्लाबाट प्रतिनिधि चयन हुने प्रचार-प्रसार विभागका प्रमुख योगेशकुमार भट्टराईले जानकारी दिए । एमालेले आफूसँग ८ लाखभन्दा बढी संगठित सदस्यहरू रहेको दाबी गरेको छ । संगठित सदस्यहरूबाट महाधिवेशन प्रतिनिधिका रूपमा १ हजार ९ सय ९९ छानिने छन् । कतिपय स्थानमा […]

Continue Reading

राजपुर गाउँपालिका वडा नं. ७ मा एमालेको भव्य पार्टी प्रवेश कार्यक्रम

नेकपा एमाले राजपुर गाउँसंगठन कमिटिले राजपुर गाउँपालिका वडा नं. ७ तालिमा शुक्रबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ३६ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । माननीय सांसद रेवतीरमण शर्माको बिशेष उपस्थितीमा आयोजना गरिएको कार्यक्रममा १६ बर्षे युवक देखी ८० बर्षे वृद्ध सम्मले एमाले पार्टी राजेर पार्टी प्रवेश गर्नु भएको हो । […]

Continue Reading

मकवानपुरबाट एमालेका १७ महाधिवेशन प्रतिनिधि छानिए

हेटौंडा । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको लागि मकवानपुरबाट १७ प्रतिनिधि छानिएका छन् । सर्वसम्मत रूपमा निर्वाचन क्षेत्र नम्बर १ बाट कृष्णप्रसाद दाहाल, रामचन्द्र राई, बद्रीप्रसाद लम्साल, दिलबहादुर घिसिङ फुर्वा, कमल बिष्ट र फुर्बा दोर्जे लामा छानिएका हुन्। त्यस्तै महिलातर्फ जुनेलीमाया श्रेष्ठ र सीता विष्ट चुनिएका हुन्। निर्वाचन क्षेत्र नं २ बाट सुवास चन्द्र ठकुरी, […]

Continue Reading

दैलेख दुई बाट तीन दलित एमाले महाधिवेसन प्रतिनिधि छानिए

सुर्खेत । दैलेख दुई बाट तीन जना दलित एमालेको महाधिवेशन प्रतिनिधिमा छानिएका छन् । दयाराम बिक, गोमता बिक र हिक्मत बिक दलित कोटाबाट सर्बसम्मत छानिएका हुन् । खुला तर्फका उम्मेदवार शेरबहादुर रावतले नेपाल प्रेसलाई दिएको जानकारीअनुसार खुलातर्फ ८ जना छानिनुपर्नेमा ३३ जनाले उम्मेदवारी दिएका छन् । महिलातर्फ तीन जनाको सिटमा दस जनाले उम्मेदवारी दिएका छन् […]

Continue Reading

बर्दियाको मधुवन-३को कांग्रेस अधिवेशन अन्यौलमा, नेताहरुको जुँघाको लडाइले निर्वाचन अनिश्चित

बर्दियाको मधुवन-३को कांग्रेस अधिवेशन अन्यौलमा, नेताहरुको जुँघाको लडाइले निर्वाचन अनिश्चित बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नंवर ३ मा नेपाली कांग्रेसको शनिबार २७ गते हुन गैरहेको अधिवेशन होला या नहोला भन्ने अन्यौलता कार्यकर्ताहरुमा छाएको छ । यसअघि असोज ५ गते मंगलबार बिबादका कारण यहाँँको वडा अधिवेशन स्थगित भएको थियो । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रकाशित […]

Continue Reading

नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं : नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । आज ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले सो लोगो सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेन प्रचारका लागि डिजिटल माध्यमको व्यापक प्रयोग […]

Continue Reading

एमालेको पार्टी सदस्यता आठ लाख पुग्यो

काठमाडौँ । नेकपा (एमाले)को पार्टी सदस्यता सङ्ख्या करिब आठ लाख पुगेको छ । दसौँ राष्ट्रिय महाधिवेशन लक्षित गरी वितरण गरिएको पार्टी सदस्यता सात लाख ८९ हजार ६२० पुगेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । तामाङका अनुसार तीमध्ये पाँच लाख ९९ हजार ६२४ जना पुरुष र एक लाख ८८ हजार ९९६ जना महिला रहेका […]

Continue Reading

कोरेक्स र नाइट्रोभ्याट सहित नेपालगन्जबाट एकजना पक्राउ

नेपालगन्ज : बाँके प्रहरीद्वारा कोरेक्स र नाइट्रोभ्याट सहित नेपालगन्जबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको बिरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ बस्ने ३० वर्षीय बबिन शाही रहेको प्रहरीले जनाएको छ। नेपालगन्जको जमुनाह नाँकामा बिहीबार चेकजाँच गर्ने क्रममा शाहीको साथबाट २ हजार मिलिलिटर कोरेक्स र नाइट्रोभ्याट १५ ट्याबलेट प्रहरीले बरामद गरेको हो। पक्राउ पश्चात् शाहीलाई […]

Continue Reading