कोरेक्स र नाइट्रोभ्याट सहित नेपालगन्जबाट एकजना पक्राउ


नेपालगन्ज : बाँके प्रहरीद्वारा कोरेक्स र नाइट्रोभ्याट सहित नेपालगन्जबाट एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुर्खेतको बिरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ बस्ने ३० वर्षीय बबिन शाही रहेको प्रहरीले जनाएको छ। नेपालगन्जको जमुनाह नाँकामा बिहीबार चेकजाँच गर्ने क्रममा शाहीको साथबाट २ हजार मिलिलिटर कोरेक्स र नाइट्रोभ्याट १५ ट्याबलेट प्रहरीले बरामद गरेको हो।

पक्राउ पश्चात् शाहीलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *