खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन ।
भदौ ४ दाङमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन । दाङको शान्तिनगर गाउँपालिका-४ का ५३ वर्षीय बमबहादुर विकलाई हिजाे बेलुका एकली खोलाले बगाएको स्थानीय तेजबहादुर विश्वकर्माले जानकारी दिनुभयो । उहाँलाई खेतमा काम सकेर घर फर्कने क्रममा खोलाले बगाएको प्रहरीले जनाएकाे छ। बेपत्ता बमबहादुर बिकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Continue Reading