भदौ २ भन्सार छलिको सामान र अवैध समान बरामद नेपालगन्ज भन्सार छलि भित्र्याइएको सामान प्रहरीले बरामद गरेको छ । भारतबाट भन्सार छली पैठारीको ठूलो मात्रामा विभिन्न किसिमको कपडा आउदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका १० बाट बरामद गरेको हो ।
प्रहरीलाई देखेपछि अवैधरुपमा सामान भित्र्याउने व्यक्ति फरार भएका थिए । प्रहरीले कपडा, सुर्ती, चप्पल, विद्युतिय सामान गरी कम्तिमा बाउन्न हजार चार सय रुपैया बराबरको अवैध सामानबरामद गरेको हो
बरामद गरिएको सामान आवश्यक कारवाहीको लागी आजै भन्सार कार्यालय नेपालगन्जमा बुझाइएको बाँके प्रहरीले जनाएको छ । हिजोआज दैनिक जस्तो भन्सार छलिका सामाग्रीहरु बरामद भइरहेका छन् ।

