नागरिकताको विषय सत्तापक्षले नै राजनीतिकरण गरिरहेको लिङदेनको आरोप

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नागरिकताको विषय सत्तापक्ष आफैंले नै राजनीतिकरण गरिरहेको आरोप लगाएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा उनले नागरिकताको समस्या समाधान गर्ने भए तत्काल नागरिकता विधेयक संसदमा ल्याउन पनि सरकारलाई दबाब दिए। त्यसको कन्टेन्टमा छलफल गरेर फाष्ट ट्रयाकबाट सो विधेयक पारित गर्न आफूहरुको कुनै आपत्ति नरहेको अध्यक्ष लिङदेनको भनाई थियो। उनले सत्तापक्षले […]

Continue Reading

वीरेन्द्रनगरका अटाे व्यवसायी दुई धारमा, छुट्टाछुट्टै आन्दोलन

वीरेन्द्रनगरमा सञ्चालन हुँदै आएका अटाे व्यवसायी दुई धारमा देखा परेका छन् । केही दिन यता वीरेन्द्रनगर नगरपालिकाले रुट परमिट जारी गरेपछि त्यसकाे बिराेधमा उत्रिएका सुर्खेत उपत्यका अटाे व्यवसायी संघर्ष समितिवविरुद्ध अर्काे समूह बिराेधमा उत्रिएकाे छ । उक्त समूहले रुट परमिट र व्यवसायी समिति खारेजीकाे माग गर्दै अटाे बन्द गराएका छन् । आइतबार उक्त समूहले जवरजस्ती […]

Continue Reading

जिम्बावेसँग नेपाल ८ विकेटले पराजित : विश्वकप छनोट

आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल घरेलु टोली जिम्बावेसँग पराजित भएको छ। जिम्बावेको राजधानी हरारेमा भएको खेलमा जितका लागि नेपालले दिएको २९१ रनको लक्ष्य जिम्बावेले ४४ ओभर १ बलमै मात्र २ विकेटको क्षतिमा पूरा गर्‍यो। ​जिम्बाबेको जितमा कप्तान क्रेग एर्विन र सिन विलियम्सले शतकीय पारी खेले।​ एर्विनले अविजित १२१ रन र विलियम्सले अविजित १०२ रन बनाए। […]

Continue Reading

वामदेवले मागे एमालेमा ओलीपछिको दोस्रो वरीयता

नेता वामदेव गौतमले एमालेमा समाहित हुँदा अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरीयता मागेका छन् । आइतबार एमाले पार्टी कार्यालय च्यासलमा भएको भेटवार्तामा आफू एमालेमा समाहित हुन तयार रहेको तर आफूसहित नेता कार्यकर्ताको उचित व्यवस्थापन हुनुपर्ने सर्त गौतमले राखेका छन् । ‘म एमालेमा समाहित हुन तयार छु । तर, एमालेमा पहिला पनि म उपाध्यक्ष थिएँ । […]

Continue Reading

बाढीले अवरुद्ध सडक र पुल बनाउन थालिसक्यौँ : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजैदेखि थालनी गरिने बताएका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै शनिबार राति हेवा खोलामा गएको बाढी पहिरोको विषयमा जानकारी दिँदै मन्त्री ज्यावाले संखुवासभा र पाँचथरको उत्तरी क्षेत्रमा आएको बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजै देखि थालनी गरिने बताएका हुन्। उनले […]

Continue Reading

एक महिनामा काम सक्ने गरी वीरेन्द्रनगरमा कृषि हाट बजारको शिलन्यास

वीरेन्द्रनगरमा कृषि हाट बजार, खेलकुद तथा जेष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा आउने भएको छ । वीरेन्द्रनगर १० दिपनगरमा शुक्रबार एक कार्यक्रमको आयोजना गरेर वडा अध्यक्ष डिलबहादुर रखालले कृषि हाट बजारको शिलन्यास गरेका हुन् । दश लाखको लागतमा निर्माण हुने हाटबजार अवको एकमहिना भित्र काम सक्ने लक्ष्यका साथ काम थालिएको छ । अहिले रत्नराजमार्ग अन्तर्गत […]

Continue Reading

गठबन्धनले जनता अल्मल्याउने काम मात्र गर्दैछ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले राम्रो काम गर्ने भन्दा पनि एमालेको विरोधमा समय खर्चिरहेको आरोप लगाएका छन्। शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विरोध गरेर कुनै प्रतिफल हात नलाग्ने बताए। ‘गठबन्धन राम्रो काम गर्ने होइन एमालेको विरोध गर्नेतर्फ केन्द्रित भएको छ,त्यसमा पनि अझ बढी एमालेका अध्यक्षको […]

Continue Reading

आइतबारदेखि अनिश्चितकालका लागि सामुदायिक विद्यालय बन्द गराउँदै विद्यालय कर्मचारी

विभिन्न मागहसहित आन्दोलन गरिरहेका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूले आइतबारदेखि देशभरका सामुदायिक विद्यालयहरू अनिश्चितकालका लागि बन्द गराउने भएका छन्। विगतमा पटक पटक सरकारसँग भएका सम्झौताहरू कार्यान्वयन हुनुपर्ने भन्दै माग गर्दै आइरहेका विद्यालय कर्मचारीहरू (लेखापाल र कार्यालय सहयोगी) ले हालै गरिएको आन्दोलनको आन्दोलनप्रति सरकारले बेवास्ता गर्दै माग सम्बोधनका विषयमा चासो नदेखाएपछि देशभरका सामुदायिक विद्यालयहरू बन्द गर्न लागिएको […]

Continue Reading

राष्ट्रपति पौडेल पुन: अस्पताल भर्ना

स्वास्थ्यमा पुनः समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। पौडेललाई शनिबार बिहान ३ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टर सेन्टर महाराजगञ्जमा भर्ना गरिएको हो। अस्पताल स्रोतका अनुसार उनलाई ‘भीआईपी क्याबिन’को ६०१ नम्बर बेडमा राखिएको छ। राष्ट्रपति कार्यालयले भने यसबारे औपचारिक जानकारी दिएको छैन। उहाँ गत मंगलबार सहीद गंगालाल अस्पताल बाँसबारीमा मुटुको एन्जियोग्राम गरिएको […]

Continue Reading

कर्णाली : आव ०८०/८१ को बजेट ३३ अर्ब ३७ करोड ९७ लाख

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँ विनियोजन गरेको छ। ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट विनियोजित बजेट आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले प्रस्तुत गरेका हुन्। चालुतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगततर्फ १९ अर्ब ९७ करोड […]

Continue Reading