ओलीको प्रतिवेदन : अर्थतन्त्रले अपेक्षित गति लिन सकेन

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्रमा सुधारमा सकारात्मक सङ्केत देखिए पनि अपेक्षित गति लिन नसकेको स्विकारेका छन्। ओलीले एमाले केन्द्रीय कमिटीको आजको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा यस्तो स्विकारेका हुन्। उनले राजनीतिक स्थायित्व र सबल सरकार गठनसँगै निजी क्षेत्रको विश्वास बढेको, राजस्व, निर्यात र पुँजीगत खर्च बढेको तथा पुँजी बजारमा […]

Continue Reading

एमालेको निष्कर्ष : ‘सरकारले कामको गति बढाउनुपर्छ’

नेकपा एमालेले सरकारले गरेका काम पर्याप्त नरहेको जनाएको छ । आज बसेको सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले नागरिकको अपेक्षालाई पूरा गर्न कामको गति बढाउनुपर्ने निष्कर्ष निकालेको जानकारी दिनुभयो । सरकारले ६ महिनामा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको तर पर्याप्त नरहेको पार्टीको निष्कर्ष रहेको ज्ञवालीले बताउनुभयो । सेवा प्रवाह, विकास निर्माण, अर्थतन्त्रलाई लयमा […]

Continue Reading

काठमाडौँ प्रहरीले रविसहित ४४ जनालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझायो

काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगीमा रविसहित ४४ जनालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान पूरा गरी आज बिहीवार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा अनुसन्धान प्रतिवेदन बुझाएको हो। परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले थाहाखबरसँग कुरा गर्दै भने, ‘हामीले आज प्रतिवेदन बुझाएका छौँ, […]

Continue Reading

भ्रष्टाचारका क-कसका फाइल खोल्ने हो‚ छलफल गरौँ : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको उपस्थितिमा भ्रष्टाचारका खोल्न बाँकी फाइलबारे छलफल गर्नुपर्ने प्रस्ताव राखेका छन्। बिहीवार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले भ्रष्टाचारको विषय एक अर्कालाई खुइल्याउने हतियारको रूपमा प्रयोग हुन थालेको भन्दै यस्तो प्रस्ताव गरेका हुन्। उनले समितिको बैठकमा प्रधानमन्त्री एवं पूर्वप्रधानमन्त्रीलाई आमन्त्रित गरेर भ्रष्टाचारका कुन–कुन काण्डको फाइल […]

Continue Reading

रविलगायतले थुनामै पठाउनुपर्ने कसुर गरेको सरकारी वकिलको दावी, बिहीवार जाहेरवालाका तर्फबाट बहस

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित ७ जनाविरूद्ध परेको मुद्दामा सरकारी वकिलले बहस सकेका छन्। जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा जारी थुनछेक बहसअन्तरगत आज सरकारी वकिलका तर्फबाट बहस सकिएको हो। बुधवार नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मी, उपन्यायाधिवक्ता प्रकाश गौतम, जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारीले बहस […]

Continue Reading

गणतन्त्रलाई संस्थागत गर्न फेरि आन्दोलनको खाँचो देखिँदै छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति जनताको भरोसा बढ्दै गएको बताएका छन्। झापामा ‘तमु ल्होसार’को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देश निर्माण गर्न नेपाली जनताले फेरि पनि माओवादी केन्द्रलाई साथ दिने विश्वास व्यक्त गरे। तीनै तहको उपनिर्वाचनबाट सत्तारुढ दलको गठबन्धनलाई हराउँदै धेरै स्थानमा माओवादी केन्द्रले […]

Continue Reading

दसौँ राष्ट्रिय खेलकुदको मिति पुनः सार्ने बहानाबाजी नगर्नू

सत्तारुढ दल नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले वीरेन्द्रनगरस्थित निर्माणको अन्तिम चरणमा रहेको प्रादेशिक रङ्गशालाबाटै फोन गरेर केन्द्रीय युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई दसौँ राष्ट्रिय खेलकुदबारे ध्यानाकर्षण गराएका छन् । सोमबार रङ्गशालाको अनुगमन पश्चात शाहीले अब कुनै पनि हालतमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पुनः सार्ने बहानाबाजी नगर्न चौधरीलाई आग्रह […]

Continue Reading

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको अवसरमा सामुदायिक कार्ययोजनाअन्तर्गत जनचेतनामूलक कार्यक्रम सम्पन्न

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको अवसरमा सामुदायिक कार्ययोजनाअन्तर्गत पैरबी समूहको नेतृत्वमा लागुपदार्थ दुर्व्यसन, बालविवाह, जातीय छुवाछुत, र लैङ्गिक हिंसाका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले गुर्भाकोट-६ र १२, भेरीगंगा-११ र १२, लेकबेंसी-१ र ७, र वीरेन्द्रनगर-१ र ११ मा सडक नाटकसहितको र्‍याली र अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमका क्रममा प्रदर्शन गरिएका नाटकले समाजमा […]

Continue Reading

रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले पाँच दिन म्याद थप गरेको छ। जिल्ला अदालत कास्कीले उनलाई थप पाँच दिन म्याद थपी अनुसन्धान गर्न अनुमति दिएको हो। कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले आज सातौँपटक थप अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए। प्रहरीले […]

Continue Reading

रविलाई पोखरा पुर्‍याउनासाथ आक्रोशित बनेर उत्रिए समर्थक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पुर्वगृहमन्त्री रवि लामिछानेलाई फेरि पोखरा लगिएको छ। पर्साबाट काठमाडौं ल्याएर बुद्ध एयरको जहाजमार्फत लामीछानेलाई पोखरा लगिएको हो। रविलाई पोखराबाट बयानका लागि काठमाडौँ ल्याएर वीरगञ्ज पुर्‍याइएको थियो। मंगलबार एक दिनमै बयान सकेर आज पोखरा फर्काइएको हो। लामिछानेलाई आज बिहान वीरगञ्जबाट काठमाडौं ल्याएर फेरि पोखरा पठाइएको हो। काठमाडौँबाट साढे १ बजे […]

Continue Reading