प्रधानमन्त्री प्रचण्डलाई तेस्राे पटक विश्वासकाे मत प्राप्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७ मत र विपक्षमा एक सय १० मत प्राप्त भएको छ । मत विभाजन प्रक्रियामा एक मत दिन्न भन्नेमा खसेको थियो । बैठकमा दुई सय ६८ सांसद उपस्थित […]

Continue Reading

राष्ट्रपतिले हटाए मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख

राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन्। राष्ट्रपतिले मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका देवराज जोशीलाई पदमुक्त गरेका राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को यही फागुन २८ गतेको सिफारिसअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम पदमुक्त […]

Continue Reading

प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने भएका छन्। नेकपा एमाले-नेकपा माओवादी केन्द्र-रास्वपा-जसपाको सत्ता गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने माओवादी केन्द्रका पार्टी सचिव चक्रापाणी खनालले बताएका छन्। आइतवार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग सचिव खनालले ३० गते विश्वासको मत लिने जानकारी दिएका हुन्। उनले भने, ‘प्रधानमन्त्री […]

Continue Reading

पदबाट हट्नुपर्ने डरले प्रधानमन्त्री थर्कमान छन् : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदबाट हट्नुपर्ने डरले थर्कमान रहेको टिप्पणी गरेका छन्। आइतवार ललितपुरको गोदावरी नगरपालिकाको ८औँ स्थापना दिवसको अवसरमा उनले यस्तो टिप्पणी गरेका हुन्। उनले प्रधानमन्त्रीको कुर्सी बन्नुभन्दा पहिलादेखि नै हल्लिएको बताए। उनले कतिखेर धकेलिने र लड्ने भन्ने डर प्रधानमन्त्रीमा रहेको जिकिर गरे। उनले डराएको प्रधानमन्त्रीले युद्धस्तरमा काम गर्न […]

Continue Reading

७ महिनामा ८ खर्ब ३९ अर्ब रेमिट्यान्स भित्रियाे

चालु आर्थिक वर्षको पहिलो सात महिनामा देशको अर्थतन्त्रका धेरैजसो सूचकहरू सकारात्मक देखिएका छन् । राष्ट्र बैंकले आज सार्वजनिक गरेकाे साउनदेखि माघ मसान्तसम्मको तथ्याङ्कअनुसार अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिएका हुन् । चालु आर्थिक वर्षको पहिलो सात महिनामा आठ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्स गएको वर्षको त्यही अवधिको तुलनामा २१ दशमलव १६ प्रतिशतले बढेको […]

Continue Reading

राष्ट्रिय सभा अध्यक्ष चुनावका लागि  सोमवार उम्मेदवारी दर्ता हुने

राष्ट्रिय सभा अध्यक्ष पदका लागि हुने चुनाव पर्सि सोमवार उम्मेदवारी दर्ता हुने भएको छ।फागुन २९ गते मंगलवार हुने चुनावमा लागि २८ गते उम्मेदवारी दर्ता गर्ने सहमति भएको राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले जानकारी दिनुभयो । उपाध्यक्ष अर्यालको अध्यक्षतामा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, प्रमुख तथा मुख्य सचेतक र कार्यव्यवस्था तथा परामर्श समितिका सदस्यसँग छलफल […]

Continue Reading

जनताको अवस्था फेर्न एमाले काँध थापेर लाग्छ : ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अवस्थामा परिवर्तन भएन भन्नेकुरा सही नभएको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले अवस्था परिवर्तन नभएको भन्दै व्यवस्थाको विकल्प खोजिरहेका बेला उनले सो कुरामा कुनै सत्यता नरहेको प्रतिक्रिया दिएका हुन्। मोतीदेवी स्मृति केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष ओलीले अहिले ४० प्रतिशतको हाराहारीमा महिला जनप्रतिनिधिहरु […]

Continue Reading

प्रचण्ड नेतृत्वको सरकार विस्तार, रघुवीर उपप्रधानसहित पूर्वाधार, रवि उपप्रधानसहित गृहमन्त्री

सत्ता समीकरण बदलिएसँगै बनेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्‍ विस्तार भएको छ। उक्त मन्त्रिपरिषद्‍मा आज १६ मन्त्री थपिएका छन्। उनीहरूलाई शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन्। नेकपा एमालेका रघुवीर महासेठलाई उपप्रधान तथा भौतिक पूर्वाधार, पदम गिरीलाई कानुन, हरि उप्रेतीलाई रक्षा, भगवति चौधरीलाई महिला बालबालिका, राजेन्द्र […]

Continue Reading

सुर्खेतको सिम्ताका पुर्व अध्यक्ष कविन्द्र केसी सहित ११ जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

सुर्खेतको सिम्ता गाउँपालिका वडा-५ मा निर्माण भएको हाइटेक नर्सरीमा अनियमितता गरेको आरोपमा वन अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुर्खेतको सिम्ता गाउँपालिकाका तत्कालीन अध्यक्ष कविन्द्र कुमार केसी,डिभिजन वन कार्यालय सुर्खेतकाका तत्कालीन डिभिजन वन अधिकृत गोविन्द प्रसाद दाहालसमेत गरी ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो। बाझो तथा खाली जमिनमा वृक्षारोपण […]

Continue Reading

सामाजिक सञ्जाल फेसबुकमा समस्या देखियो

सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ। आज मंगलवार साँझ ९ बजेपछि फेसबुक विश्वभरी नै लगआउट भएको बताइएको छ। एक्कासी फेसबुक आफैँ लगआउट भएको थियो। फेसबुक लगआउट भएपछि लगइन गर्न खोज्दा Unable to log in ‘An unexpected error occurred. Please try logging in again’ भन्ने सन्देश आउने गरेको छ। फेसबुकमा समस्या भएको विषय ट्वीटरलगायत अन्य सामाजिक […]

Continue Reading