कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा

कर्णाली सरकारमा सहभागी नेपाली काङ्ग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्। पत्रकार सम्मेलन गर्दै उनीहरूले राजीनामा गरेको जानकारी दिएका हुन्। कांग्रेसबाट अर्थमन्त्री वेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमन्त्री कृष्णकुमार बिसी थिए। उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए। केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीमा पनि मन्त्रीहरूले राजीनामा दिएका हुन्। मार्ग प्रशस्त […]

Continue Reading

कांग्रेसले फिर्ता लियो प्रचण्ड सरकारलाई दिएको समर्थन

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरूङले जानकारी दिए। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री प्रचण्डले सोमबार कांग्रेससँगको सहकार्य छुटाएर एमालेसहितका दलको समर्थनमा नयाँ सरकार गठन गरेका […]

Continue Reading

औपचारिक प्रस्ताव आए सरकारमा संलग्न हुन्छौँः झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ गठबन्धन सरकारमा आफ्नो पार्टी पनि सहभागी हुनसक्ने बताएका छन्। सम्मानित नेता खनालले सत्तारुढ गठबन्धनले औपचारिक प्रस्ताव गरे आफ्नो पार्टी सरकारमा संलग्न भएर जानसक्ने बताएका हुन्। मंगलबार अपरान्ह डल्लुस्थित आफ्नै निवासमा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले सरकारमा सहभागी हुनका लागि सत्तारुढ गठबन्धनले आफ्नो पार्टीसँग सम्मानजनक […]

Continue Reading

नयाँ गठबन्धनमा तत्काल सहभागी हुन्नौँ : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नयाँ समीकरणमा तत्काल सहभागी नहुने बताएका छन्। आज बनेको नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनका बारेमा ‘पर्ख र हेर’को स्थितिमा पार्टी रहेको उनले उल्लेख गरेका छन्। सचिवालय बैठकपछि आज पत्रकारसँग कुरा गर्दै उनले नयाँ गठबन्धनको नीति, कार्यक्रम र चरित्र बुझेपछि मात्रै निर्णय लिने बताए। यसअघिको गठबन्धन टुटेको र […]

Continue Reading

कांग्रेसबाट अपेक्षित सहयोग नपाएपछि गठबन्धन फेरियो : माओवादी

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले नयाँ सत्तारुढ गठबन्धन बनाउने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले वर्तमान सत्तारुढ गठबन्धनको अन्त्य गर्दै नयाँ गठबन्धन बनाएर अगाडि बढ्ने निर्णय गरेको हो। बैठकपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेकपा(माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले देशको वामपन्थी आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउँदै ध्रुविकरणको दिशामा […]

Continue Reading

एमाले, माओवादी, रास्वपा र जसपाको नयाँ सरकार

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको असमझदारीका कारण वर्तमान सत्ता गठबन्धन भत्किएको छ । अब नेकपा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको सरकार बन्ने पक्का भएको छ । नयाँ सरकारमा कसले कुन मन्त्रालय पाउने भन्ने विषय टुङ्गयाउन एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रास्वपाका सभापति रवि लामिछाने र […]

Continue Reading

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ। नेपाल आयल निगमका अनुसार भारतबाट बढेर आए पनि हाललाई नेपालमा भने यथावत राखिएको जनाएको छ। निगमका अनुसार भारतबाट पेट्रोलमा प्रतिलिटर २१ पैसा र डिजेलमा ८५ पैसा तथा ग्यासमा प्रतिसिलिन्डर २१ रूपैयाँ ६६ पैसा बढेर आएको छ। भारतबाट मूल्य बढेर आए पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर […]

Continue Reading

डिजिटल कर्णाली कन्क्लेभ शुक्रवारदेखि

कर्णालीलाई डिजिटल प्रदेश बनाउने उद्देश्यसहित शुक्रवारदेखि कन्क्लेभको आयोजना गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउन्डेसन नेपालको आयोजनामा उक्त कन्क्लेभ सुरु हुन लागेको छ । कन्क्लेभको महत्त्व र कार्य तालिकाका विषयमा बुधवार सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । शुक्रवार र शनिवार हुने […]

Continue Reading

गठबन्धनलाई निरन्तरता दिन हामी प्रतिबद्ध छौँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको गठबन्धनलाई राम्रोसँग लैजान आफूहरू प्रतिबद्ध रहेको बताएका छन्। पत्रकारहरूसँग कुराकानी गर्दै उनले गठबन्धनलाई राम्रोसँग लैजाने कुरामा आफू प्रतिबद्ध रहेको बताएका हुन्। उनले भने, ‘गठबन्धन राम्रैसँग गइराखेको थियो, राम्रैसँग लाने कुरामा हामी प्रतिबद्ध थियौँ र छौँ पनि।’ नेपाली कांग्रेस महासमितिको बैठकमा केही नयाँ चिज उठेको भन्दै उनले यस विषयमा छलफल हुने […]

Continue Reading

वीरेन्द्रनगरमा महाेत्सव भाेलीबाटै हुने !

सुर्खेतकाे वीरेन्द्रनगरमा कर्णाली एक्सपाे भाेलीबाटै सञ्चालन हुने भएकाे छ । आयाेजक सुर्खेत उधाेग बाणिज्य संघले साेमबार पत्रकार सम्मेलन गरेर महाेत्सव सञ्चालन हुने जनाएकाे छ । महाेत्सवकाे उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्ण बहादुर खड्का भाेली मध्यान्ह १२: ३० बजे गर्ने सुउवासंका अध्यक्ष लक्ष्मण कंडेलले जानकारी दिए । भाेली विहान ११ बजे मंगलगडी चाेकबाट झाँकी […]

Continue Reading