स्थानीय तहमा थेगिनसक्नु अनियमितता बढ्यो : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहहरुमा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताएकी छन्। बुधबार महालेखा परीक्षकको कार्यालयको ६४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले स्थानीय तहहरुमा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताएकी हुन्। उनले स्थानीय तहका नेतृत्वले विगतका कमी, कमजोरीहरू नदोहोरिने गरी आर्थिक अनुशासनको पालना गर्नुपर्ने बताइन्। उनले आर्थिक शुद्धता नै सुशासनको महत्वपूर्ण आधार […]

Continue Reading

बर्खायाममा पनि वीरेन्द्रनगरमा खानेपानीको हाहाकार

बर्खायाम सुरु भइसक्दा पनि वीरेन्द्रनगरमा खानेपानीको हाहाकार छ । अहिले चार दिनको फरकमा एक पटक उपभोक्ताका धारामा पानी आउँछ । पानीका स्रोत कम र माग अत्यधिक हुँदा समस्या दिनानुदिन चुलिँदै गएको हो । वीरेन्द्रनगरमा सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले २० हजार धारामार्फत खानेपानी सेवा दिइरहेको छ । संस्थाका अनुसार स्रोत भने १५ हजार धारामा नियमित […]

Continue Reading

अस्ट्रेलियामा १ सय २५ प्रतिशतले बढे नेपाली

अस्ट्रेलियामा नेपालीको जनसंख्या करिब १ लाख ३० हजार पुगेको छ । ५ वर्षअघि ५५ हजार मात्र रहेको नेपालीको जनसंख्या झण्डै १ सय २५ प्रतिशतले बढेको तथ्यांक सार्वजनिक भएको छ । अस्ट्रेलिया सरकारले हरेक ५ वर्षमा राष्ट्रिय जनगणना गर्ने गरेको छ । सन् २०१६ को जनगणनामा करिब ५५ हजारको हाराहारीमा रहेका नेपालीको संख्या ५ वर्षको अन्तरमा […]

Continue Reading

छाडा पशु व्यवस्थापनमा जुट्यो बेनी नगरपालिका

म्याग्दीको बेनी नगरपालिकाले सदरमुकाम बेनी बजारमा छाडा छोडिएका पशुचौपायालाई व्यवस्थापन गर्ने भएको छ। बजारमा छाडा छोडिएका गाई, गोरु, बाच्छाबाच्छीलाई चरन क्षेत्र वा गौशालामा व्यवस्थापन गर्ने कार्य शुरु गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए। नगरपालिकाले विज्ञप्ति जारी गरी आफ्ना घरपालुवा पशुचौपायालाई बजार क्षेत्रमा छाडा नछोड्न नगरवासीलाई अनुरोध गरेको छ। छाडा पशुचौपायालाई व्यवस्थापन गर्ने काम […]

Continue Reading

नगर विकासबाट भाडामा लिएका जग्गाकाे निगरानी गर्छाैं : अध्यक्ष ढकाल

वीरेन्द्रनगर नगरपालिकाकी नगर प्रमुख मोहनमाया ढकाल (भण्डारी)ले नगर विकास विकास समितिबाट भाडामा लिएका जग्गाहरुकाे निगरानी गर्ने बताएकी छन् । मंगलबार प्रमुख ढकालले नगर विकास समितिको अध्यक्षको पदभार ग्रहण गर्दै नगर विकासबाट भाडा लिएका जग्गाहरुमा एक व्यक्तिले सम्झाैता गर्ने र अरुलाई महंगाेमा भाडामा दिने प्रवृत्ति बढेकाले अब नियमन गर्ने बताएकी हुन् । पदभार ग्रहणपछि बाेल्दै ढकालले […]

Continue Reading

नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

नेकपा एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त चार मन्त्रीलाई सोमबार दिउँसो राष्ट्रपति कार्यालय र प्रधानमन्त्री शेरबहादुर देउवाले एक राज्यमन्त्रीलाई सिंहदरबारस्थित कार्यालयमा शपथ गराएका हुन्। नयाँ मन्त्रीमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्या […]

Continue Reading

आजै मन्त्रिमण्डल हेरफेर नभए प्रधानमन्त्रीविरुद्ध गम्भीर कदम चाल्छौँ : खनाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नयाँ मन्त्रीको शपथ आज नभए प्रधानमन्त्रीविरुद्ध गम्भीर कदम चाल्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आइतबार बैठकपछि सञ्चारकर्मीहरूसँग सम्मानित नेता खनालले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डल हेरफेर गर्नुपर्ने र पार्टीका केन्द्रीय, पोलिटब्यूरो र सचिवालय बैठकले गरेको निर्णयलाई अस्वीकार गरे गम्भीर कदम चाल्ने चेतावनी दिएका […]

Continue Reading

आउने संघ र प्रदेशको निर्वाचनमा बहुमत ल्याउँछौं : उपसभापति खड्का

नेपाली काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले आगामी संघ र प्रदेशसभाको निर्वाचनमा काँग्रेसको बहुमत आउने दाबी गरेका छन् । काँग्रेस सुर्खेतले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेसको बहुमत आउनबाट रोक्ने ताकत कसैसँग नभएकोसमेत बताए । ‘हामीले आउने संघ र प्रदेशको निर्वाचनमा बहुमत ल्याउँछौं । हामीलाई बहुमत ल्याउनबाट रोक्ने ताकत अरु कुनै पनि दलमा […]

Continue Reading

काम गर्दा गल्ती बोल्ने नियत थिएन, समयले मागे फेरि मन्त्री हुन्छु : प्रेम आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले काम गर्ने सिलसिलामा आफूले गल्ति बोलेको भए आफ्नो त्यस्तो नियत नभएको बुझ्न आग्रह गरेका छन् । आइतबार मन्त्री पदबाट राजीनामा घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा उनले समयले मागे आफू फेरि मन्त्री हुने उल्लेख गरे । उनले भने–‘काम गर्दै जाने क्रममा मैले गल्ति बोलेको भए त्यो मेरो नियत […]

Continue Reading

म्याग्दीमा एउटै पालिकामा २१६ पहिरो, बस्ती जोखिममा

म्याग्दीको एउटै गाउँपालिकामा रहेका २१६ पहिरोका कारण बस्ती जोखिममा परेका छन् भने स्थानीयले आफ्नो जीउधनको सुरक्षा नभएको गुनासो गरेका छन् । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाका आठ वटा वडामा साना ठूला गरी २१६ पहिराे रहेका र ती पहिरोका कारण बस्ती नै जोखिममा रहेकाले पहिरो रोकथाम तथा नियन्त्रणका लागि पहिरोका डिपिआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा […]

Continue Reading