१०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन

कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सम्पन्न गर्न संसदीय समितिले निर्देशन दिएको छ। शुक्रबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले १० औं राष्ट्रिय खेलकुद तोकिएको समयभित्रै सम्पन्न गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको हो। समितिको बैठकको निर्णय सुनाउँदै समिति सभापति अम्मरबहादुर थापाले तोकिएको समयभित्रै १० औं राष्ट्रिय खेलकुद सम्पन्न […]

Continue Reading

मुलुकमा समाजवादी क्रान्तिको सुरु भयो : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा समाजवादी क्रान्तिको सुरुवात भएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिले आज धुलिखेलमा आयोजना गरेको ‘राजनीतिक तथा वैचारिक प्रशिक्षण एवं पार्टीको पालिकास्तरको नयाँ निर्वाचित समितिलाई बधाई’ कार्यक्रममा उनले आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिकोे […]

Continue Reading

प्रेस चौतारी नेपाल सुर्खेतमा नयाँ नेतृत्व चयन

प्रेस चौतारी नेपाल सुर्खेतको सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा मुना हमाल चयन भएकी छन् । नवगठित कार्यसमितिमा उपाध्यक्ष खुलातर्फ दिनेशकुमार बुढा र महिलातर्फ चन्द्रा कँडेल चयन भएकि छन् । यस्तै सचिवमा रजनी योगी, सहसचिवमा कुलेन्द्र शाही र तेज बहादुर राेकाय कोषाध्यक्षमा नबराज रोकाय चयन भएका छन् । सदस्यहरूमा कल्पना ढेंगा मगर, कल्पना हमाल, नन्द कठायत, विनोद […]

Continue Reading

संघीय संसदका दुवै सदनको बैठक आज

संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक सवा १ बजेका लागि आह्वान भएको छ। आजको बैठकमा सरकारले ल्याएका ६ वटै अध्यादेश पेश गर्ने तयारी गरेको छ। तर प्रतिनिधिसभाबाट अध्यादेश स्वीकृत भएपनि राष्ट्रिय सभामा सरकारको बहुमत नहुँदा अध्यादेश स्वीकार हुने नहुनेमा अन्योल देखिएको छ। […]

Continue Reading

स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउने योजनामा छौँ : मन्त्री पौडेल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल सरकारले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउँदै उपचारलाई सर्वसुलभ बनाउने योजनामा रहेको बताएका छन्। पोखरा महानगरपालिका–१२ स्थित शितलादेवी माध्यमिक विद्यालयमा आज पाठेघरको मुखमा हुने क्यान्सरविरूद्ध लगाइने एचपिभी खोप अभियानको शुभारम्भ गर्दै उनले स्वास्थ्य बिमालाई व्यवस्थित बनाइने बताए। उनले भने, “वर्तमान सरकार स्वास्थ्य क्षेत्रको विकास र सुधारलाई प्राथमिकतामा राखेर यसलाई व्यवस्थित बनाउने योजनामा […]

Continue Reading

गैरसहकारी मान्छे सहकारीमा छिर्दा ठगी बढ्यो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसहकारी मान्छे सहकारीमा छिर्दा ठगी बढेको दावी गरेका छन्। सोमवार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दावी गरेका हुन्। उनले गैरसहकारी मान्छेहरू सहकारीमा प्रवेश गर्दा सहकारी क्षेत्र समस्याग्रस्त भएको बताए। उनले सहकारीहरू मिलेर सानो पुँजी जम्मा गर्दै ठूल्ठूला काम गर्न सकिने बताए। उनले संसद्को हिउँदे अधिवेशनमा सरकारले […]

Continue Reading

लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश

रूपन्देही जिल्ला अदालतले पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश दिएको छ।पूर्वगृहमन्त्री लामिछानेमाथि आजै थुनछेक बहस सकिएको थियो। लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायण कँडेललगायतले आजै बहस गरेका थिए। त्यसलगत्तै सरकारी वकिलले जवाफी बहस गरेका थिए। न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा भएको थुनछेक बहसमा सरकारी वकिलहरूले लामिछाने बाहिर रहँदा […]

Continue Reading

कर्णालीको परिचय बदल्न साझा सङ्कल्प जरूरी छ : यामलाल कँडेल

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समग्र प्रदेशको परिचय परिवर्तन गर्न साझा सङ्कल्प र आपसी सहकार्य आवश्यक रहेको बताएका छन्। परिवर्तनका लागि युवा संस्थाद्वारा आज प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली युवा महोत्सव’को उद्घाटनमा उनले कणालीको विकास र समृद्धिका लागि युवाहरूको साथ र सङ्कल्पको जरूरी रहेको धारणा राखे। “प्रदेश सरकारको एकल प्रयासले मात्र कर्णालीको विकास […]

Continue Reading

संसदको अधिवेशन आह्वान गर्न प्रचण्डको माग

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेका छन्।विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग उनले सरकारले ल्याएका ५ वटा अध्यादेश फिर्ता लिई सदनभित्रबाट विधेयक पारित गर्नुपर्ने बताए। पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले ७ राजनीतिक दलको उपस्थिति एवं एकदलको समर्थनमा आज बसेको बैठकले अध्यादेशको विरोधमा संयुक्त वक्तव्य जारी गरेको जानकारी दिए। अध्यक्ष प्रचण्डले […]

Continue Reading

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमगले आज राति १ बजेदेखि बढेको मूल्य लागू हुने जनाएको छ। निगमले जारी गरेको विज्ञप्तिअनुसार पेट्रोलको मूल्य २ रुपैयाँ बढेको छ भने डिजेल र मट्टितेल दुवैमा ३/३ रुपैयाँले बढेको छ। इण्डियन आयल कर्पोरेशनले यही जनवरी १५ देखि पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यसूची […]

Continue Reading