सांसदले उठाएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सदनमा सांसदले उठाएका विषयको समयभित्रै जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्। राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष दाहालले बैठकको शून्य र विशेष समयमा सांसदहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूलाई जवाफ दिन निर्देशन दिएका हुन्। उनले अन्ताराष्ट्रिय महिला श्रमिक दिवसका सन्दर्भमा सांसदहरूले उठाएका महिला र बालबालिका, हिंसा, बलात्कार, हत्यालगायत विषय, शिक्षकको आन्दोलन, दलित, आदिवासी जनजाति […]

Continue Reading

गृहमन्त्रीद्वारा प्रादेशिक आपत्कालीन गोदाम घर कर्णाली सरकारलाई हस्तान्तरण

सङ्घीयता कार्यान्वयनमा आएको सात वर्षपछि प्रादेशिक आपत्कालीन गोदमघर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । आइतबार बिहान एक कार्यक्रमका बिच गृहमन्त्री रमेश लेखकले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई उक्त घर हस्तान्तरण गरेका हुन् । विपद्जन्य घटनाहरू भएमा तत्काल उद्धार तथा राहत सामग्री राख्ने गोदमघरको व्यवस्थापन तथा सञ्चालन अब प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गर्नेछ । हस्तान्तरण […]

Continue Reading

उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा छिटपुट वर्षा

आज कोशी र लुम्बिनी प्रदेशसहित उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा छिटपुट वर्षा भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै लुम्बिनी प्रदेशको दाङ रातामाटामा ११ मिलिमिटर वर्षा मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च क्षेत्रमा हिमपातको सम्भावना रहेको […]

Continue Reading

शीतल निवासमा राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन्। भेटमा समसामयिक राजनीतिक विषयमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच छलफल भएको जनाइएको छ । राष्ट्रपति कार्यालयका अनुसार शनिवार राष्ट्रपतिसँग प्रधानमन्त्रीले भेट गरेका र सो क्रममा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। भेट साँझ ६ बजेतिर भएको थियो।

Continue Reading

सुर्खेत विमानस्थलमा यती एयरलाइन्सको परीक्षण सफल

यती एयरलाइन्सको सुर्खेत विमानस्थलमा परीक्षण उडान सफल भएको छ । यती एयरलाइन्सले कर्णालीमा सेवा विस्तारका लागि काठमाडौं–सुर्खेत उडान गर्न शनिबार परीक्षण उडान गरेको हो। एयरलाइन्सका अनुसार उडान परीक्षणका लागि ७२ सिटे एन नाइन एएमएन कलसाइन भएको जहाजले नेपालगन्ज–सुर्खेत र सुर्खेत–नेपालगन्ज उडान उडान भरेको थियो। परीक्षण उडानका लागि शनिबार बिहान १२ः१७ बजेको समयमा यतीको विमान सुर्खेत […]

Continue Reading

माओवादीको एक महिने मधेश जागरण अभियान स्थगित

राजावादीहरुको सक्रियता बढेपछि माओवादीको हुलाकी राजमार्ग केन्द्रित तराई/मधेश जागरण अभियान स्थगित भएको छ । झापाको कचनकबलबाट फागुन १२ देखि शुरू भएको जागरण अभियान रौतहटबाट बाराको सिम्रौनगढ नगरपालिका प्रवेश गर्ने कार्यक्रम थियो । तर सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध गतिविधि गरेर अराजकता मच्चाउन खोजेको देखिएपछि त्यसको प्रतिवाद गर्न अभियान स्थगित गरेको माओवादीका नेताहरुले बताएका छन् ।

Continue Reading

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन्। भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको उद्घाटन गर्न अछाम जाने क्रममा नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, लोकतन्त्रको विकल्प कुनै निरंकुशता हुन सक्दैन।” लोकतन्त्रका विरुद्धमा अहिले भइरहेका गतिविधि गर्न लोकतन्त्रले नै छुट दिएको उनले […]

Continue Reading

सफाइ पेश गर्न कुलमानलाई उर्जा मन्त्रालयको पत्र

 उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सफाइ पेशको लागि पत्र पठाएको छ । अस्ति बुधवारको मन्त्रिपरिषद बैठकले घिसिङसँग स्पष्टीकरण सोध्ने निर्णय गरेपछि मन्त्रालयले हिजो पत्र पठाएको हो । पत्रमा कार्यसम्पादन सम्झौता समयमै नबुझाएको, नेपाल–भारत बिजुली आदान–प्रदानमा अधिकारविना हस्ताक्षर गरेको, मन्त्रालयले दिएको निर्देशन कार्यान्वयन नगरेको र कार्यकारी निर्देशकको काम कर्तव्य […]

Continue Reading

मध्यपश्चिम विश्वविद्यालयका ३ हजारभन्दा बढी विद्यार्थी दीक्षित

मध्यपश्चिम विश्वविद्यालयका ३ हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । शुक्रबार तेस्रो दीक्षान्त समारोहका अवसरमा कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले तीन हजार आठ सय ४१ विद्यार्थीलाई दीक्षित गरेका हुन् । समारोहमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, इन्जिनियरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र समाजशास्त्र गरी सबै संकाय र स्कुलबाट स्नातक तहमा दुई हजार एक सय ८९ […]

Continue Reading

गणतन्त्र नागरिक सर्वोच्चताको प्रतिक : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको गणतन्त्र नागरिक सर्वोच्चताको प्रतिक भएको बताएका छन् । शुक्रबार कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् । उनले अहिले आफूहरूले ठिक शासन प्रणाली ल्याएको बताउँदै त्यो लोकतान्त्रिक गणतन्त्र भएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले भने, ‘कोही राजा हुने, कोही रैती हुनुपर्ने अवस्थाको अन्त्य भएको छ । नागरिक सर्वोच्चताको […]

Continue Reading