मध्यपश्चिम विश्वविद्यालयका ३ हजारभन्दा बढी विद्यार्थी दीक्षित


मध्यपश्चिम विश्वविद्यालयका ३ हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । शुक्रबार तेस्रो दीक्षान्त समारोहका अवसरमा कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले तीन हजार आठ सय ४१ विद्यार्थीलाई दीक्षित गरेका हुन् ।

समारोहमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, इन्जिनियरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र समाजशास्त्र गरी सबै संकाय र स्कुलबाट स्नातक तहमा दुई हजार एक सय ८९ र स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा शैक्षिक सफलता हासिल गरेका एक हजार ६ सय ६३ र व्यवस्थापन संकायको दर्शनाचार्य पूरा गरेका १९ गरी तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *