सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि

सङ्घीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि शुक्रबारदेखि प्रारम्भ हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रिपरिषद्को सिफारिसमा संसद्को दुवै सदनको अधिवेशन आह्वान भएकाले भोलि दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अधिवेशन सुरु हुनेछ। नेपालका संविधानको धारा ९३ मा राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनका अधिवेशन आह्वान गर्ने व्यवस्था छ। तर एउटा अधिवेशनको समाप्ति र अर्काे […]

Continue Reading

काठमाण्डाै टावरकाे तला थप्ने निर्णयमा नीतिगत भ्रष्टाचार भएकाे छ : मेयर शाह

काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले पुरानो बसपार्कमा निर्माणाधीन व्यावसायिक कम्प्लेक्स (काठमाण्डाै टावर) को तला थप्ने निर्णयमा नीतिगत भ्रष्टाचार भएको आरोप लगाउनुभएको छ । आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले कसरी अनियमितता र नीतिगत भ्रष्टाचार भयो भन्ने विवरण सार्वजनिक गर्नुभएको छ । नक्शापासमा गरेको बदमासीबाट महानगरलाई एक अर्बभन्दा बढीको आर्थिक क्षति हुनसक्ने र ठेकेदारलाई […]

Continue Reading

बालबालिकालाई मुख्यमन्त्री कँडेलको सुझाव : सानै उमेरमा राजनीति नगर्नुहोला

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आफुकहाँ भेट्न आएका बालबालिकाहरुलाई सानै उमेरमा राजनीति नगर्न सुझाव दिनुभएको छ । यदि गरेकै खण्डमा बुझेर मात्र गर्नुपर्ने सुझाव बालबालिकालाई दिनुभएको हो । ‘राजनीतिबारे बुझ्नु तर सानै उमेरमै राजनीति नगर्नुहोला,’ बुधबार प्रदेशका दश वटै जिल्लाबाट प्रतिनिधित्व गर्दे आएका बालबालिकाहरुसँग साक्षात्कार गर्दै उहाँले भन्नुभयो, ‘यो उमेरकै तपाईंहरुलाई राजनीति गर्नुस् त भन्दिन तर […]

Continue Reading

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त हुनुभएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिशमा राष्ट्रपति रामचन्द्र पाैडेलले पन्तलाई आज शिक्षामन्त्री नियुक्त गर्नुभएकाे हाे । शिक्षामन्त्री विद्या भट्टराईले अस्ति सोमवार पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदका लागि सरकारले आजै पन्तको नाम सिफारिश गरेको थियाे । पन्तकाे शपथ ग्रहण भाेलि हुनेछ । राष्ट्रपतिकाे कार्यालयले नियुक्ति, हेरफेर […]

Continue Reading

राजीनामा नदिएपछि प्रधानमन्त्री ओलीद्वारा ऊर्जा राज्यमन्त्रीलाई बर्खास्त !

प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई बर्खास्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बुधवार राज्यमन्त्री तामाङलाई बर्खास्त गरिएको हो। कांग्रेस पार्टीले राज्यमन्त्री पदबाट राजीनामा दिन आग्रह गरिए पनि नमानेपछि बर्खास्त गरिएको हो। तामाङ २०८१ साउन १८ गते ऊर्जा राज्यमन्त्री बन्नुभएको थियो। उहाँले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउन नहुने अडान लिँदै आउनुभएको थियो।

Continue Reading

जम्मू–कश्मीरमा आतङ्ककारी आक्रमण : प्रधानमन्त्री ओली र भारतीय समकक्षी माेदीबीच टेलिफाेन वार्ता

भारतको जम्मू–कश्मीरको पहलगाममा एक जना नेपालीसहित कम्तीमा २६ जनाको ज्यान जानेगरी भएको आतङ्ककारी आक्रमणबारे प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोनमा कुराकानी गर्नुभएको छ । प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समार्फत भारतीय प्रधानमन्त्री मोदीसँग आतङ्कवादी हमलाबारे कुराकानी भएको उल्लेख गर्नुभएको छ । यस्तै भारतका प्रधानमन्त्री […]

Continue Reading

कक्षा १२ को परीक्षा स्थगित !

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले उक्त जानकारी दिनुभएको हो। यसअघि आजै बिहान परीक्षा बोर्डले सरकारको सहयोगमा निजामती कर्मचारीलाई प्रयोग गरेर भए पनि १२ को परीक्षा गराउने भन्दै आन्दोलनरत शिक्षकलाई चेतावनी दिनुभएको थियो। निजामती कर्मचारीले १२ कक्षाको परीक्षा आफूहरूले सञ्चालन गर्न नसक्ने बताएपछि सरकार […]

Continue Reading

कम्युनिष्ट आन्दोलनका योद्धाहरूलाई एमाले सुर्खेतको ऐतिहासिक सम्मान

नेपाल कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवसको अवसरमा नेकपा एमाले जिल्ला कमिटी सुर्खेतले कम्युनिष्ट आन्दोलनमा अतुलनीय योगदान र्पुयाउनु भएका अग्रज नेताहरूलाई ‘कम्युनिष्ट योद्धा’को रूपमा सम्मान गरेको छ । आज एमाले पार्टि कार्यालय सुर्खेतमा गरीएको कार्यक्रममा पार्टी निर्माणमा विशेष योगदान दिनुभएका नेताहरू बालाराम शर्मा, बालकृष्ण वि.सी., चूडामणि शर्मा, महेन्द्र प्रसाद शर्मा, डिलाराम गिरी, खगेन्द्र बहादुर घर्ती, […]

Continue Reading

शिक्षकहरूकाे समस्याप्रति सरकार गम्भीर भएन : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरूका समस्यालाई हल्का रूपमा नलिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवस तथा १५६औं लेनिन जयन्तीको अवसरमा आज काठमाण्डाैमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले हजारौं शिक्षकहरू सडकमा हुँदा पनि सरकार समस्याको समाधानप्रति गम्भीर नभएको आरोप लगाउनुभयो । उहाँले वार्ता र संवादबाट समस्याको समाधान खोज्न पनि सरकारलाई […]

Continue Reading

शिक्षामन्त्रीले स्वास्थ्यका कारण राजीनामा दिनुभएकाे हाे : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई उहाँको स्वास्थ्य अवस्थाका कारण राजीनामा दिएको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवसका अवसरमा आज काठमाण्डौमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले मन्त्री भट्टराईको राजीनामालाई असहयोग र दबावका कारण भनेर बाहिर चर्चा गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । स्वास्थ्य ठीक भएन भनेर राजीनामा दिएको […]

Continue Reading