म्याग्दीमा सत्ता साझेदार दलबीच सहमति जुटेन, सामाजिक सञ्जालमा पोखिँदै असन्तुष्टि

म्याग्दी : स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने सैद्धान्तिक सहमति गरेका सत्ता साझेदार दलका नेता–कार्यकर्ता सामाजिक सञ्जालमा असन्तुष्टि पोख्न थालेका छन्। सत्ता गठबन्धनमा आबद्ध मुख्य दल नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच स्थानीय तह भागबण्डामा कुरा नमिलेपछि नेताहरूले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेका हुन्।  पटकपटक बैठक बसेर छलफल गर्दा पनि कुन स्थानीय तहमा कसलाई […]

Continue Reading

गठबन्धनलाई ओलीको चेतावनी : चुनाव सार्ने षड्यन्त्र भए एमालेले आँधिबेहरी ल्याउँछ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचन सारे देशभर आँधीबेहरी ल्याउने चेतावनी दिएका छन्। सोमबार सोलुखुम्बुमा भएको कार्यक्रमलाई सम्बाेधन गर्दै ओलीले भने, ‘अहिले गठबन्धनले चुनाव सार्न खोजिरहेको छ। विप्लवको लागि चुनाव सार्ने रे ! मैले खुला राजनीतिमा ल्याएको हुँ। पार्टी दर्ता गर्ने बेलामा कता जानुभएको थियो? अहिले गठबन्धनको मतियार भएर […]

Continue Reading

असारसम्मका लागि सरकारी सुविधाको इन्धन खर्चमा २० प्रतिशत कटौती

सरकारी सुविधाको इन्धन खर्चमा २० प्रतिशत कटौती भएको छ । अर्थ मन्त्रालयले आज साेमवार सूचना निकालेर गएको चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार असारसम्मका लागि सरकारी सुविधाकोे इन्धनमा २० प्रतिशत कटौती गरेको जानकारी गराएको हो । पेट्रोलियम पदार्थको उच्च आयातका कारण सरकारको विदेशी मुद्रा सञ्चितिमा चाप परेकाेले आउँदो असारसम्मका लागि इन्धन सुविधा २० प्रतिशत […]

Continue Reading

स्याङ्जामा जिप दुर्घटनामा मृत्यु हुनेको भयो सनाखत

स्याङजाको वालिङ नगरपालिका–१२ डाँडाखर्क स्थित भित्री सडकमा आज बिहान जिप दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत भएको छ । मृत्यु हुनेमा स्याङ्जाकै वालिङ नगरपालिका–१२ का ६५ वर्षीय विर बहादुर दाला, सोही ठाँउकी ४५ वर्षीया हिरा दाला, २५ वर्षीया शर्मीला सारु, उनका ७ वर्षीय छोरा र वालिङ नगरपालिका १४ की ६१ वर्षीया कुल कुमारी कनौजे रहेका छन् […]

Continue Reading

निलम्बित गभर्नर अधिकारी रिट लिएर सर्वोच्चमा, दर्ताका लागि अध्ययन हुँदै

निलम्बित गभर्नर महाप्रसाद अधिकारी सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत जानुभएको छ । सरकारले आफूलाई गैरकानुनी ढङ्गबाट हटाएको दाबी गर्दै पुनर्बहालीको माग राखेर अधिकारीले आज आइतवार अधिवक्तामार्फत रिट दिनुभएको हो । गभर्नर अधिकारीले पेस गरेको रिट अध्ययन गरेर मात्रै दर्ता गर्ने/नगर्ने टुङ्गो लाग्ने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडलले उज्यालोलाई जानकारी दिनुभयो । ‘उहाँको रिट हाम्रोमा आएको छ, […]

Continue Reading

सत्ता गठबन्धनले भागबण्डा भोलि मात्रै टुंग्याउने

पाँच दलीय सत्ता गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनको लागि भागबण्डा भोलि मात्रै टुंग्याउने भएको छ। बालुवाटारमा बसेको गठबन्धन शीर्ष नेतृत्वको बैठकले भोलिसम्म महानगर/उपमहानगरको भागबण्डाबारे टुंगो लगाउने निर्णय गरेको हो। बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी […]

Continue Reading

हाम्रो जित ग्यारेन्टी भएका ठाउँमा तालमेलको बाध्यता छैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब एकदुई दिनभित्र सहमति नभएको ठाउँमा तालमेल नहुने बताएका छन्। बूढानीलकण्ठमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो पार्टीको निर्णयमा पुग्नुभन्दा पहिले आआफ्नो मत थिए। तर, पार्टीले स्थानीय तहमा आवश्यकता छ भने तालमेल हुन्छ। नभए एक्ला एक्लै लड्न सक्छौँ भन्नुहुन्छ भने तालमेल हुँदैन।’ उनले स्थानीय नेता कार्यकर्ताको भावना […]

Continue Reading

तितो लाग्ला तर अब राजा फर्कने सम्भावना सकियो : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब राजा फर्किने सम्भावना सकिएको बताएका छन्। नयाँ वर्षको अवसरमा शुभकामना दिँदै उनले भनेका छन्, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी र सो पार्टीका नेताहरुसँग मेरो गुनासो, वैमनस्यता छैन। तपाईंहरुको धैर्यता रहुञ्जेल राजा बोक्नुस्, मेरो शुभकामना छ।’ आफूले विभिन्न कारणबस राजाको एजेण्डा छाडेका बताए। उनले भनेका छन्, ‘तितो लाग्ला, अब राजा फर्कने सम्भावना […]

Continue Reading

गठबन्धनको टुंगो आइतबार लाग्ने : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुंगो भोली आइतबारसम्ममा लागि सक्ने बताएका छन्। भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उनले आजै साँझसम्ममा खाका तयार हुने बताए। उनले भने, ‘आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुंगोमा पुग्छौँ।’ निर्वाचनका समयमा एउटै पार्टी भित्रसमेत […]

Continue Reading

चुनावी तालमेलविरुद्ध नजान मातहत कमिटीलाई काँग्रेसको निर्देशन

नेपाली काँग्रेसले सत्ता गठबन्धनका विरुद्धमा नजान मातहतका कमिटीलाई निर्देशन दिएको छ । शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बसेको काँग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिको बैठकले गठबन्धनका विरुद्धमा नबोल्न र नजान निर्देशन दिएको हो । बैठकमा पार्टी उपसभापति तथा समितिका संयोजक पूर्णबहादुर खड्काले गठबन्धनका बाध्यता बुझिदिन कार्यकर्तालाई आग्रह पनि गरेको थिए । उनले भने, ‘अहिले गठबन्धन हाम्रो […]

Continue Reading