हाम्रो जित ग्यारेन्टी भएका ठाउँमा तालमेलको बाध्यता छैन : गगन थापा


नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब एकदुई दिनभित्र सहमति नभएको ठाउँमा तालमेल नहुने बताएका छन्।

बूढानीलकण्ठमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो पार्टीको निर्णयमा पुग्नुभन्दा पहिले आआफ्नो मत थिए। तर, पार्टीले स्थानीय तहमा आवश्यकता छ भने तालमेल हुन्छ। नभए एक्ला एक्लै लड्न सक्छौँ भन्नुहुन्छ भने तालमेल हुँदैन।’

उनले स्थानीय नेता कार्यकर्ताको भावना र अवस्थाअनुसार गठबन्धन गर्ने नगर्ने निर्णय गर्न आग्रहसमेत गरेका छन्।

महामन्त्री थापाले भने, ‘स्थानीय तहको निर्वाचनमा माथिबाट हस्तक्षेप हुँदैन। एक्लै लड्ने किन कि तालमेल गर्ने तपाईंहरूको अधिकार हो। तर, निर्णयमा ढिलो नगर्नुस्।’

सहमतिमै उम्मेदवार चयन गरेर आफूहरूले जित्ने आधार तय गर्नसमेत उनले निर्देशन दिए। तालमेलको सम्भावना भएको ठाउँमा सहमति हुने बताउँदै स्थानीय तह स्तरमै कुरा नमिल्ने ठाउँमा हुन नसको प्रस्ट पारे।

उनले आफ्ना नेता कार्यकर्तालाई चुनावको समय अन्य काममा नभुल्न निर्देशन दिए। बूढानीलकण्ठ नगरपालिका २ को पार्टी कार्यालय उद्घाटन कार्यक्रममा १ का उम्मेदवार पनि सहभागी थिए।

तर, महामन्त्री थापाले भने, ‘मैले यहाँ वडा नम्बर १ को उम्मेदवार नै देखेको छु। चुनाव आउन धेरै दिन बाँकी नरहेका बेलामा यस्ता कार्यक्रममा आएर समय खेर नफाल्नुस्। अहिले भाषणमा समय धेरै खर्च गर्ने बेला छैन। सामूहिक आसन ग्रहण गराउने र एकजनाले मात्रै बोल्नुपर्छ। हामी चुनाव केन्द्रित नै हुनुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *