ओलीको रोजाँईमा परे यी नेताहरु, कुन पदमा को को ?

काठमाडौं । एमालेको १०औं महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आइतबार नै समापन गर्ने तयारी गरिएको छ । अध्यक्ष केपी ओली सकेसम्म सर्वसम्मतबाटै नयाँ केन्द्रीय कमिटी बनाउने गरी छलफलमा जुटिरहेका छन् । महाधिवेशनमा सर्वसम्मत नेतृत्वको नाम प्रस्ताव गर्ने अधिकार पाएका ओलीले आफ्नो रोजाईमा विभिन्न नेताहरु राखेका छन् । अध्यक्षको दाबी गरिरहेका भीम रावललाई पनि सहमतीमा आउने […]

Continue Reading

भीम रावलको पर्चा बाँड्नेहरू बन्द सत्र स्थलबाट निकालिए

काठमाडौँ : नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएका भीम रावलको पर्चा बाड्ने कार्यकर्तालाई एमाले स्वयंसेवकले बाहिर निकालेका छन् । महाधिवेशनको बन्दसत्रमा प्रवेश गर्ने केही प्रतिनिधिहरूलाई रावलको पर्चा वितरण गर्दै मूल गेटसम्मै पुगेका उनीहरुलाई स्वयंसेवकहरुले यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै बाहिर निकालेका हुन् । एमालेले यसअघि नै कुनै पनि समयमा पर्चा बाड्न नपाउने […]

Continue Reading

एमाले महाधिवेशन : सहमतिका लागि नेताहरू बिहानैदेखि छलफलमा

नेकपा (एमाले)को चितवनको सौराहामा जारी १० औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि नेताहरु विहानैदेखि छलफलमा जुट्नुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छान्ने अधिकार दिएपछि नेताहरु छलफलमा जुट्नुभएको हो । महाधिवेशन प्रचार कमिटीका सह–संयोजक सूर्य थापाका अनुसार सहमतीका प्रयासका लागि विभिन्न खालका छलफलहरु भइरहेका छन् । अध्यक्ष केपी शर्मा ओलीले यसका लागि आवश्यक […]

Continue Reading

जाजरकोटमा बस दुर्घटना : ५ को मृत्यु ,२७ घाइते

जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । भेरी नगरपालिका कुदु बराहचौकनजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । जरकोटका प्रहरी डीएसपी मधुकुमार थापाका अनुसार नेपालगन्जदेखि रुकुम पश्चिमको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रि बस दुर्घटनामा परेको छ । बसमा ३२ जना […]

Continue Reading

ओलीले बनाए १८ पदाधिकारीको सूची, को-को नेतालाई गरियो समावेश ?

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ जना पदाधिकारीको सूची तयार पारेका छन् । उक्त सूची शनिबार राति तयार पारिएको हो । जसमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरूका अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र भीम रावललाई समावेश गरिएको थियो। त्यसैगरी महासचिवमा शंकर पोखरेलको प्रस्ताव आएपछि पौडेलले आपत्ति जनाएका […]

Continue Reading

एमाले महाधिवेशनमा विदेशी पाहुनाले यस्तो दिए सन्देश

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीले नेकपा एमालेको महाधिवेशन सफलताको कामना गर्दै भिडियो सन्देश पठाएको छ । उक्त भिडियो सन्देशमा एमालेले द्विपक्षीय हितमा काम गर्ने र द्विपक्षीय सम्बन्ध प्रवर्द्धन गर्ने उल्लेख छ । सन्देशमा भनिएको छ, ‘सीपीसी एमालेसँग सहकार्य गर्न तयार छ । राष्ट्रपतिको नेपाल भ्रमणले विकास र समृद्धिका लागि साझेदारी नयाँ रणनीतिक उचाईमा पुगेको छ […]

Continue Reading

पार्टी भित्र प्रतिस्पर्धा होइन, एकता हुनुपर्छ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र प्रतिस्पर्धा होइन एकता हुनुपर्छ भनेर सहमतिमा नै नेतृत्व हुनुपर्नेतर्फ संकेत गरेका छन् । नेकपा एमालेको सौराहामा भएको बन्द शत्रको उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले सो बताएका हुन् । अध्यक्ष ओलीले पार्टीभित्र केही असन्तुष्टि रहे पनि प्रतिनिधिहरु देशभरबाट सर्वसम्मतरुपमा आएको बताए । उनले भने, ‘पार्टीभित्र एकता र सहमति महत्वपूर्ण महत्वपूर्ण […]

Continue Reading

पाँच घण्टा ढिलो गरी एमालेको बन्दसत्र सुरू

चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्र सुरु भएको छ ।चितवनको होटल सेभेन स्टरमा निर्धारित समायभन्दा पाँच घण्टा ढिलो गरी बन्दसत्र सुरु भएको हो । बन्सत्रको सञ्चालन महासचिव ईश्वर पोखरेलले गरेका छन । पदाधिकारी र सदस्यहरूमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका कारण बन्द सत्र लम्बिएको एमाले नेताहरूले बताएका छन् । बन्दसत्रलाई विदेशबाट बोलाइएका अथितिहरुले […]

Continue Reading

मेरो उम्मेदवारी उपाध्यक्षमा हुन्छ : घनश्याम भुसाल

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन् । चितवनमा जारी १०औँ महाधिवेशनमा शनिबार उनले उम्मेदवारीको घोषणा गरेका हुन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत उम्मेदवारीको घोषणा गरेका छन् । ‘दलाल पुँजीको अन्त्य र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गरौँ, सामूहिकता, विधि र विचारसहित नेकपा एमालेको पुनरोदय गरौँ’ भन्दै भुसालले उम्मेदवारी दिने […]

Continue Reading

एमाले महाधिवेशनको बन्दसत्र सुरु

चितवनको सौराहास्थित होटल सेभेन स्टारमा नेकपा एमालेको १०औं महाधिवेशनको बन्दशस्त्र सुरु भएको छ ।  हलमा अध्यक्ष केपी शर्मा ओली पुगेका छन्  र बन्द शस्त्र सुरु हुने स्थानमा एमाले प्रतिनिधि पनि जान थालेका छन् । शुक्रबार देखि चितवनमा सुरु भएको एमाले महाधिवेशनमा शनिबार नै उम्मेदवारी मनोनयनको कार्यक्रम छ । महाधिवेशनको बन्दशत्रले एमाले केन्द्रीय कमिटीको बैठकले शुक्रबार […]

Continue Reading