ओलीको रोजाँईमा परे यी नेताहरु, कुन पदमा को को ?


काठमाडौं । एमालेको १०औं महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आइतबार नै समापन गर्ने तयारी गरिएको छ । अध्यक्ष केपी ओली सकेसम्म सर्वसम्मतबाटै नयाँ केन्द्रीय कमिटी बनाउने गरी छलफलमा जुटिरहेका छन् ।

महाधिवेशनमा सर्वसम्मत नेतृत्वको नाम प्रस्ताव गर्ने अधिकार पाएका ओलीले आफ्नो रोजाईमा विभिन्न नेताहरु राखेका छन् । अध्यक्षको दाबी गरिरहेका भीम रावललाई पनि सहमतीमा आउने ओलीले आग्रह गरिरहेका छन् ।

ओली निकट एक नेताका अनुसार पदाधिकारी र सदस्यहरु चयन गर्ने जिम्मा पाएका ओलीले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र उपमहासचिवमा विभिन्न नेताको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् । उनले पार्टीको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई प्रस्ताव गर्ने तयारी गरेका छन् । यस्तै माओवादी केन्द्रबाट आएका नेता रामबहादुर थापा बादल, नेता सुवास नेम्वाङ, विष्णु पौडेल, भीम रावल, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डेलाई उपाध्यक्षमा प्रस्ताव गर्ने तयारी गरेका छन् ।

तर रावल भने अझै सहमतीमा आइसकेका छैनन् । रावल सहमतीको लागि अ‍ोली नै आफुलाई भेट गर्न आओस् भन्ने चाहान्छन् । ओलीले भने आफूलाई भेट्न पालो कुरिरहेका नेता सकिएपछि मात्र रावलसँग कुरा गर्ने बताएका छन् । यसै कारण रावलले भने चुनावी प्रचार गरिरहेका छन् ।

यस्तै ओलीले शंकर पोखरेललाई महासचिव पदमा, उपमहासचिवमा प्रदीप ज्ञवाली, टोपबहादुर रायमाझी र घनश्याम भुसाललाई प्रस्ताव गर्ने तयारी गरेका ओली निकट नेताको भनाई छ । उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल भने ओलीलाई छान्ने जिम्मा दिएकोमा असन्तुष्ट छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *