एमालेले ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने

नेकपा एमालेले पार्टी स्थापना दिवसमा कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने सात जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले वैशाख ९ गते पार्टी स्थापना दिवसका दिन कञ्चनपुरका लालबहादुर विश्वकर्मा, जाजरकोटका स्वर्गीय रत्न शर्मा न्यौपाने, दाङका शोभारम बस्नेत, गोरखाका वाचस्पति देवकोटा, काठमाण्डौकी शान्ता मानवी, सप्तरीका सत्यनारायण […]

Continue Reading

वीरगञ्ज विवाद : पाँचबुँदे सहमति

वीरगञ्जमा हनुमान जयन्तीको शोभायात्राका क्रममा चैत ३० गते उत्पन्न भएको विवाद साम्य पार्न जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले पाँचबुँदे सहमति गरेको छ। दिनभर चलेको छलफलपछि प्रशासन, राजनीतिक दल, धार्मिक प्रतिनिधि, नागरिक समाज र सुरक्षा निकायका प्रतिनिधिहरूबीच सहमति जुटेको हो। जसले वीरगञ्जमा शान्ति स्थापना हुने आशा जगाएको छ। बैठकले मुख्य रूपमा पाँचवटा विषयमा सहमति […]

Continue Reading

कर्णाली नदीमा एक पुरुषको शव फेला

कर्णाली नदीमा एक पुरुषको शव फेला परेको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर ३ चिसापानी क्षेत्रको कर्णाली नदीमा करिब ५२ वर्ष जस्तो देखिने पुरुषको शव फेला परेको हो । कर्णाली नदीमा बग्दै आएको पुरुषको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरीले नदीबाट पुरुषको शव निकालेको छ । शव केही दिन पहिलाको जस्तो […]

Continue Reading

हिंसा, आगजनी र मानवीय क्षति सुन्दा दुःख लाग्यो : पूर्वराजा शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाण्डौको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनबारे सुन्दा दुःख लागेको बताउनुभएको छ । नयाँ वर्ष–२०८२ का अवसरमा भिडियो सन्देश जारी गर्दै शाहले तीनकुने घटनामा दुःख व्यक्त गर्नुभएको हो । उहाँले स्वतन्त्रताभन्दा ठूलो तन्त्र र वाद नहुने पनि बताउनुभएको छ । प्रजातन्त्रमा राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार रहने उहाँकाे सन्देशमा उल्लेख […]

Continue Reading

रवि लामिछानेको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गरी पाउँ भनी दिएको निवेदनमा आज सर्वोच्च अदालतले बुटवल उच्च अदालतबाट कैफियत प्रतिवेदन झिकाउन आदेश दिएकाे छ । सहकारी ठगी तथा सङ्गठित अपराध कसूरमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा चैत २९ गते ’थुनुवा दफा ७३’ निवदेन दायर भएको थियो । यही […]

Continue Reading

डीएलएस मेथडमा यूएईलाई ५ रनले हराउँदै नेपालकाे विजयी शुरुआत

आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपालले विजयी शुरुआत गरेको छ । मूलपानी मैदानमा आज भएको खेलमा नेपालले यूएईलाई डीएलएस मेथडका आधारमा ५ रनले हराएको हो । नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएईले ३६ ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनाएको अवस्थामा खेल खराब प्रकाशका कारण रोकिएको हो । त्यसपछि खेल शुरू […]

Continue Reading

वडाअध्यक्ष कार्कीविरुद्ध यौन दुर्व्यवहारसम्बन्धी जाहेरी

दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष कुलबहादुर कार्कीविरुद्ध दैलेखकै एक महिलाले जिल्ला प्रहरी कार्यालय दैलेखमा यौन दुर्व्यवहारसम्बन्धी जाहेरी दिएकी छिन् । शुक्रबार ती महिलाले जिल्ला प्रहरी कार्यालय दैलेखमा जाहेरी दिएकी हुन् । जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सुनिल दाहालले वडाध्यक्ष कार्कीविरुद्ध एक महिलाले जाहेरी दिएको बताउनुभयो। ‘वडाअध्यक्ष कूलबहादुर कार्कीविरुद्ध एक जना महिलाले यौन […]

Continue Reading

शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल

सडक आन्दोलन गर्दै आएका शिक्षकहरू र शिक्षा मन्त्रालयबिच तीन दिनदेखि छलफल जारी छ । शिक्षामन्त्री विद्या भट्टराई, शिक्षा सचिव डाक्टर दिपक काफ्लेसहितका मन्त्रालयका अधिकारीहरू र नेपाल शिक्षक महासंघका प्रतिनिधिबीच छलफल चलिरहेको हो । विगत तीन दिनदेखि छलफल जारी रहेपनि कुनै निकास निस्किन सकेको छैन। नेपाल शिक्षक महासंघको तर्फबाट सहअध्यक्ष नानुमाया पराजुलीले गर्नुभएको छ। मन्त्रालय र […]

Continue Reading

नागरिकले फ्याँकिसकेको राजतन्त्र आउने भ्रम पाल्नु हुँदैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको दाबी गर्नुभएको छ । एमाले झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा राजनीतिक स्थिरतासँगै सुशासन र विकासका काम भएका दाबी गर्नुभएको हो । उहाँले ढुङ्गा हानेका भरमा राजनीति गर्न खोज्नेहरुलाई नागरिकले […]

Continue Reading

१० औं राष्ट्रिय खेलकुद फेरि स्थगित !

आउँदो जेठ ३ देखि १० गतेसम्म हुने भनिएको १०औं राष्ट्रिय खेलकुद फेरि स्थगित भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आज बसेको १२२ औं बोर्ड बैठकले १०औं राष्ट्रिय खेलकुद स्थगित गर्ने निर्णय गरेको हो । २०७९ मा गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदबाट २०८१ असोजमा कर्णाली प्रदेशमा १०औं राष्ट्रिय खेलकुद गर्ने निर्णय भएको थियो । तर, […]

Continue Reading