एमालेबाट विद्रोह नगरेको भए गल्लीमा भौँतारिरहेका हुन्थ्यौँ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गरेर न्यायाचित काम गरेको र विद्रोह नगरेको भए गल्लीमा भौँतारिइरहेको हुने बताएका छन्। शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘जनताका नेता नेपाल’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमालेबाट विद्रोह गर्नुको अर्को कुनै विकल्प नभएको पनि दावी गरे। उनले एमालेबाट विद्रोह नगरेको भए आफूहरु गल्लीमा भट्किइरहेको अवस्थामा […]

Continue Reading

रहगाड खोलामा पुल नबन्दा स्थानीयवासीलाई सास्ती

कालिकोटको नरहरिनाथ गाउँपालिका-१ कोटवाडा र वडा नं ६, ७, ८ र ९ लालु, माल्कोट जोड्ने रहगाड खोलाको झोलुङ्गे पुल नबन्दा स्थानीयवासीलाई सास्ती भएको छ। झोलुङ्गे पुल बनाउन स्थानीय सरकारले चासो नदिँदा आवागमनमा समस्या भएको हो। २०७८ सालको बाढीले झोलुङ्गे पुल बगाएपछि कुनै निकायले चासो नदिँदा समस्या भएको नरहरिनाथ गाउँपालिका–१ का पूर्वजिल्ला विकास समितिका सदस्य कटकबहादुर […]

Continue Reading

शिक्षा अझै पनि सर्वसुलभ र व्यावहारिक छैन : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले शिक्षालाई सर्वसुलभ र व्यावहारिक बनाउन जरुरी रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अझै पनि नेपालमा शिक्षा व्यावहारिक हुन नसकेको भन्दै शिक्षालाई सबैको पहुँचमा पुर्‍याउनुपर्ने बताए। उनले शिक्षाले समाजलाई परिवर्तन गर्ने भन्दै शिक्षालाई दर्शन सिक्ने ठाउँको रुपमा विकास गर्नुपर्ने बताए। उनले नेपालको शिक्षा नेपाली […]

Continue Reading

कर्णाली सरकारको प्रवक्ताको जिम्मेवारी विनोदकुमार शाहलाई

कर्णाली प्रदेश सरकारको जिम्मेवारी भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहलाई दिइएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले शाहलाई उक्त जिम्मेवारी दिएको मुख्यमन्त्री यामलाल कँडेलका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले जानकारी दिए । शाह पनि एमालेबाट मन्त्री भएका व्यक्ति हुन् । एमालेभित्र कँडेलविरुद्ध गुट बनाइरहेका शाहलाई कँडेलले खासै विश्वास मान्ने गरेका छैनन् । यद्यपि […]

Continue Reading

प्रतिनिधि सभाबाट अभिलेख संरक्षण विधेयक पारित

प्रतिनिधि सभाको आजको बैठकले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०८१ सर्वसम्मतिले पारित गरेको छ । आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक अभिलेख संरक्षणसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल बनाउन र नेपालमा अहिले रहेका […]

Continue Reading

एसइई नतिजा सार्वजनिक, साढे २ लाख फेल

राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ। आज बिहान बसेकाे बोर्ड बैठककाे निर्णयसँगै नतिजा सार्वजनिक भइसकेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। आज सार्वजनिक भएको नतिजा अनुसार ५२ प्रतिशत अर्थात् २ लाख ४२ हजार ९२ जना फेल (एनजी) भएका छन्। नतिजा अनुसार १८६ जनाले चार जीपए ल्याएका छन्। […]

Continue Reading

दुवै सदनको बैठक बस्दै

संघीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ। प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेलले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम मनोनयन, संयुक्त समितिअन्तर्गतको संसदीय सुनवाइ समितिमा सदस्यको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय सभामा […]

Continue Reading

बिना निष्कर्ष टुङ्गियो कर्णालीको सर्वदलीय बैठक

कर्णाली प्रदेशको सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएको छ । नेपाली कांग्रेसरले बजेटका सन्दर्भमा उठाएका विषय छलफल गर्न बुधबार बसेको सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएको हो । कांग्रेसले बजेटमा असहमति जनाउँदै प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ । कांग्रेसको माग सम्बोधन गर्न बसेको बैठकमा सहमति नभएपछि प्रदेशसभा बैठक अवरुद्ध भएको छ । बुधबार प्रदेशसभा बैठक चल्न […]

Continue Reading

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न एमाले नेताहरूको गृहमन्त्रीलाई आग्रह

नेकपा (एमाले)काठमाडौं जिल्ला कमिटीले काठमाडौँ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति पछि धकेल्न गृहमन्त्रीलाई आग्रह गरेको छ। बुधवार नेकपा(एमाले)का नेता कृष्णगोपाल श्रेष्ठसहित काठमाडौँ जिल्ला कमिटीका नेताहरूले गृहमन्त्री रवि लामिछानेलाई भेट गरी काठमाडौँमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मितिलाई पछि धकेल्न आग्रह गरेको हो। सरकारले सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै काठमाडौं लगायतका २८ जिल्लामा आगामी […]

Continue Reading

शीतलनिवास पुगेर सुनले भेटे राष्ट्रपतिलाई

नेपाल भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री सुन वेइतोङले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। बुधबार राष्ट्रपति भवन शीतल निवासमा पुगेर सुनले पौडेलसँग शिष्टाचार भेट गरेका हुन्। भेटमा राष्ट्रपति पौडेलले नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहेको भन्दै चीनको प्रशंसा गरे। उनले नेपाल सन् २०२६ सम्म अल्पविकसित श्रेणीबाट स्तरोन्नति हुन गइरहेकाले त्यसपछि पनि चीनले थप सहयोग […]

Continue Reading