कर्णाली प्रदेशको सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएको छ । नेपाली कांग्रेसरले बजेटका सन्दर्भमा उठाएका विषय छलफल गर्न बुधबार बसेको सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएको हो ।
कांग्रेसले बजेटमा असहमति जनाउँदै प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ । कांग्रेसको माग सम्बोधन गर्न बसेको बैठकमा सहमति नभएपछि प्रदेशसभा बैठक अवरुद्ध भएको छ । बुधबार प्रदेशसभा बैठक चल्न नसकेपछि सूचना टाँस गरेर बिहीबारसम्मका लागि स्थगित गरिएको
सर्वदलीय बैठकमा मुख्यमन्त्री यामलाल कँडेल, अर्थमन्त्री महेन्द्र केसी, एमालेका तर्फबाट प्रमुख सचेतक टेकराज पछाई, सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को तर्फबाट संसदीय दलका नेता राजकुमार शर्मा र सांसद कृष्णबहादुर जिसी, प्रतिपक्षी दल कांग्रेसका तर्फबाट प्रमुख सचेतक हिक्मत विष्ट र पूर्वअर्थमन्त्री समेत रहेका सांसद बेदराज सिंह सहभागी थिए ।
