कर्णालीका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक आह्वान गरेका छन्। मुख्यमन्त्री कँडेलले आगामी जेठ ४ गते बस्नेगरी बैठक आह्वान गरेका हुन्। कर्णालीको समग्र विकास र समृद्धिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच साझा धारणा बनाउन सर्वदलीय बैठक आह्वान गरिएको मुख्यमन्त्री कँडेलले जानकारी दिए। “समृद्धि र विकास सबैको साझा सरोकारको विषय हो”, उनले भने, “एक्लाएक्लै हिँड्नुभन्दा सबै राजनीतिक […]

Continue Reading

रुकुम पश्चिम र कालिकोटमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १५ जना घाइते

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–१४, को २२ वर्षीय विकास खड्का र १९ वर्षीय हरि आचार्य रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख नवराज पोख्रेलले जानकारी दिए । आठबिसकोट नगरपालिका–९ राडी बजारबाट जाजरकोटको रिम्नातर्फ जाँदै गरेको ट्याक्टर आठबिसकोट –१४ छेपारेमा केहीबेर अघि मात्रै दुर्घटनामा […]

Continue Reading

मुगुमा यार्सागुम्बा संकलनका लागि जेठ १५ देखि प्रवेश खुला

मुगु जिल्लास्थित मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न पाटन क्षेत्रहरुमा पाइने बहुमुल्य बुटी यार्सागुम्बा संकलनका लागि जेठ १५ गतेदेखि प्रवेश खुला गरिने भएको छ । मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार जेठ १५ गतेबाट पाटन क्षेत्रमा यार्सा संकलन शुरु गर्ने निर्णय भएको छ। जिल्ला बाहिरका व्यक्तिलाई प्रतिब्यक्ति २ हजार ५ सय र जिल्ला भित्रकालाई प्रतिब्यक्ति […]

Continue Reading

दैलेखमा चट्याङ लागेर पाँच जना घाइते

दैलेखमा चट्याङ लागेर पाँचजना घाइते भएका छन्। बुधबार जिल्लाको नौमुले गाउँपालिका वडा नम्बर ६ मा रहेको शिवशक्ति माध्यमिक विद्यालयमा दिउँसो २ :१६ मा परेको चट्याङले घाइते भएका हुन्। घाइते हुनेहरूमा शिवशक्ति माध्यमिक विद्यालय कक्षा ५ मा अध्ययनरत छात्र बर्ष ९का विश्व बिकास रावत, बर्ष ९ का यामबहादुर चन्द कक्षा ७ मा अध्ययनरत छात्रा बर्ष १३ […]

Continue Reading

कर्णालीमा लगानी सम्मेलन तत्काल नहुने

राजकुमार शर्मा मुख्यमन्त्री हुँदा कर्णालीमा लगानी सम्मेलन गर्ने भनिए पनि नयाँ सरकार आएसँगै त्यो विषयले महत्व पाउन सकेको छैन। अघिल्लो मुख्यमन्त्री राजकुमार शर्माले वैशाख १९ र २० गते लगानी सम्मेलन गर्ने भन्दै गत असोज ६ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सम्मेलनका क्रममा पेस गरिने आयोजनाहरूको विवरणसहित प्रस्तावना तयार गर्न कार्यदल गठन गरेका थिए। सम्मेलनको तयारीका […]

Continue Reading

कर्णाली प्रदेशकाे मुख्यमन्त्रीमा एमालेका कँडेल नियुक्त

कर्णाली प्रदेशकाे मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त हुनुभएकाे छ । प्रदेश प्रमुख तिलक परियारले कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे । यसअघि आजै कँडेलले गठबन्धनमा रहेका एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का गरी २३ जना सांसदकाे हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएकाे थियाे । कँडेललाई एमालेका नाै, […]

Continue Reading

कर्णालीमा प्रदेशसभा बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजकुमार शर्माको पत्रको आधारमा मंगलबार तयार भएको प्रदेशसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको हो । विशेष कारणवश आज विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न असमर्थ भएकाले बैठक बुधबाररका लागि सार्न आफूले पत्राचार गरेको शर्माले बताए । ‘ नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम मलाई प्रदेश सभाको […]

Continue Reading

वीरेन्द्रनगरमा सडेको अवस्थामा एक महिलाको शव फेला

वीरेन्द्रनगरमा एक जना महिलाको शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका–१, को बांगेसिमल प्रहरी बिट भन्दा एक किलोमिटरको दुरीमा सुख्खा खोलामा उक्त शव फेला परेको हो । यद्यपि उक्त शव अहिलेसम्म पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ । पिंक कलरको कुर्ता लगाईको ती महिलाको शव सडिसकेको अवस्थामा फेला परेको बांगेसिमल प्रहरीले जनाएको छ । […]

Continue Reading

वर्तमान मुख्यमन्त्रीलाई नै निरन्तरता दिन माओवादी कर्णाली प्रदेश कमिटीको माग

नेकपा माओवादी केन्द्र, कर्णाली प्रदेश कमिटीले कर्णाली सरकारको नेतृत्वमा अहिलेकै मुख्यमन्त्री राजकुमार शर्माको निरन्तरता माग गरेको छ। आज बसेको प्रदेश कमिटीको बैठकले पार्टी केन्द्रसँग मुख्यमन्त्री शर्माको निरन्तरताका लागि जोडदार माग गरेको हो । माओवादीका प्रदेश अध्यक्ष विमला केसीले कर्णाली माओवादीको आधार क्षेत्र भएको र सबै हिसाबले माओवादी यहाँ बलियो रहेकाले वर्तमान मुख्यमन्त्रीकै‌ निरन्तरताका लागि केन्द्रसँग […]

Continue Reading

वीरेन्द्रनगरको हङकङ बजार र गोदामलाइन क्षेत्रमा डोजर चलेपछि तनाव !

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–६, को हटियालाइन, हङकङ बजार र गोदामलाइन क्षेत्रमा नगरपालिकाको डोजर चलेपछि अवस्था तनावग्रस्त बनेको छ । सार्वजनिक जमिनमा सटर लगाई बसेका व्यवसायीहरुको सटरमा डोजर चल्न थालेपछि व्यवसायीहरुले ढुङ्गामुढा प्रहार गरेका हुन् । नगरपालिकाले सुरुमा हटियालाइनतर्फबाट डोजर चलाउन सुरु गरेको थियो । सुरुको पसलमा डोजर चलाएपछि व्यापारीहरुले डोजरमाथि ढुङ्गामुढा प्रहार गरेका हुन् […]

Continue Reading