सुर्खेतको सिम्ताका पुर्व अध्यक्ष कविन्द्र केसी सहित ११ जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

सुर्खेतको सिम्ता गाउँपालिका वडा-५ मा निर्माण भएको हाइटेक नर्सरीमा अनियमितता गरेको आरोपमा वन अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुर्खेतको सिम्ता गाउँपालिकाका तत्कालीन अध्यक्ष कविन्द्र कुमार केसी,डिभिजन वन कार्यालय सुर्खेतकाका तत्कालीन डिभिजन वन अधिकृत गोविन्द प्रसाद दाहालसमेत गरी ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो। बाझो तथा खाली जमिनमा वृक्षारोपण […]

Continue Reading

कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा

कर्णाली सरकारमा सहभागी नेपाली काङ्ग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्। पत्रकार सम्मेलन गर्दै उनीहरूले राजीनामा गरेको जानकारी दिएका हुन्। कांग्रेसबाट अर्थमन्त्री वेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमन्त्री कृष्णकुमार बिसी थिए। उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए। केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीमा पनि मन्त्रीहरूले राजीनामा दिएका हुन्। मार्ग प्रशस्त […]

Continue Reading

औपचारिक प्रस्ताव आए सरकारमा संलग्न हुन्छौँः झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ गठबन्धन सरकारमा आफ्नो पार्टी पनि सहभागी हुनसक्ने बताएका छन्। सम्मानित नेता खनालले सत्तारुढ गठबन्धनले औपचारिक प्रस्ताव गरे आफ्नो पार्टी सरकारमा संलग्न भएर जानसक्ने बताएका हुन्। मंगलबार अपरान्ह डल्लुस्थित आफ्नै निवासमा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले सरकारमा सहभागी हुनका लागि सत्तारुढ गठबन्धनले आफ्नो पार्टीसँग सम्मानजनक […]

Continue Reading

डिजिटल कर्णाली कन्क्लेभ शुक्रवारदेखि

कर्णालीलाई डिजिटल प्रदेश बनाउने उद्देश्यसहित शुक्रवारदेखि कन्क्लेभको आयोजना गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउन्डेसन नेपालको आयोजनामा उक्त कन्क्लेभ सुरु हुन लागेको छ । कन्क्लेभको महत्त्व र कार्य तालिकाका विषयमा बुधवार सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । शुक्रवार र शनिवार हुने […]

Continue Reading

वीरेन्द्रनगरमा महाेत्सव भाेलीबाटै हुने !

सुर्खेतकाे वीरेन्द्रनगरमा कर्णाली एक्सपाे भाेलीबाटै सञ्चालन हुने भएकाे छ । आयाेजक सुर्खेत उधाेग बाणिज्य संघले साेमबार पत्रकार सम्मेलन गरेर महाेत्सव सञ्चालन हुने जनाएकाे छ । महाेत्सवकाे उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्ण बहादुर खड्का भाेली मध्यान्ह १२: ३० बजे गर्ने सुउवासंका अध्यक्ष लक्ष्मण कंडेलले जानकारी दिए । भाेली विहान ११ बजे मंगलगडी चाेकबाट झाँकी […]

Continue Reading

तेस्रो कर्णाली एक्स्पो दोस्रो पटक स्थगीत, अदालतको अल्पकालिन आदेश

उच्च अदालत सुर्खेतले तेस्रो कर्णाली एक्स्पो सञ्चालन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ । फागुन १४ गतेदेखि सुर्खेतको वीरेन्द्रनगरमा हुन लागेको एक्सपो विद्यालय क्षेत्र नजिकै सञ्चालन हुन लागेको भन्दै तत्काललाई रोक्न अन्तरिम आदेश दिएको हो ।उच्च अदालतका न्यायाधीश माधव धितालले विद्यालय क्षेत्र नजिकै मेला सञ्चालन हुन लागेको भन्दै वालमैत्री वातावरणमा शिक्षा पाउने बालबालिकाको संवैधानिक तथा […]

Continue Reading

वीरेन्द्रनगरमा गोली प्रहार प्रकरण : हत्या गर्न डेढ लाखको सुपारी

शनिबार बेलुका वीरेन्द्रनगर नगरपालिका–१, गैरीचोकमा विनोद गिरीलाई लक्षित गर्दै गोली प्रहारको घटनामा सम्बन्धित भारतीय सुटरसहित चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार अपराह्न पत्रकार सम्मेलन गर्दै प्रहरीले घटनामा संलग्न चार व्यक्तिलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–२, का १८ वर्षीय इन्द्र बिक, १८ वर्षीय भरत भुल, वीरेन्द्रनगर–४ का ३७ वर्षीय राजन […]

Continue Reading

कर्णाली एक्सपो महोत्सवको सम्पुर्ण तयारी पुरा,उपप्रधानमन्त्री खड्काले उद्घाटन गर्ने

वीरेन्द्रनगरमा फागुन १४ गतेबाट सञ्चालन हुन लागेको तेस्रो कर्णाली एक्सपोको सम्पुर्ण तयारी पुरा भएको छ। प्रदेश रंगशालाको उत्तरतर्फको मैदानमा सञ्चालन हुन लागेको महोत्सवको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटन उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काले गर्ने जनाइएको छ । कर्णालीका रैथाने बालीको प्रवद्र्धन र सम्वद्र्धन तथा पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्ने उदेश्यले […]

Continue Reading

हिमपातका कारण हुम्लामा दुई दिनदेखि हवाई सेवा बन्द

हिमपातको कारण हुम्ला जिल्लाको हवाई सेवा दुई दिनदेखि बन्द भएको छ । बुधबार विमानस्थलमा जमेको हिउँ पग्लिए पनि अझै हल्का हिमपात भइरहेका कारण हवाई सेवा सुचारु हुन नसकेको हो । सिमकोट विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर निशान झाले दुई दिनयता हुम्लाको हवाई सेवा अवरुद्ध हुँदै आएको बताए । मङ्गलबार लगातार हिमपात भइरहेको र बुधबार आकाश खुल्ने, […]

Continue Reading

बुलबुले तालको झार हटाइँदै

सुर्खेतको बुलबुले तालको पानीमाथि फैलिएको झारपात हटाउन थालिएको छ । सुर्खेत उपत्यका नगर विकास समितिले डुङ्गा चलाउनुपूर्व तालमा फैलिएको झारपात हटाउन थालेको हो । ताल सरसफाइका लागि समितिले रु दुई लाख बजेट छुट्याएको छ । त्यहीँ बजेटबाट समितिले काम थालेको हो । डुङ्गा चलाउन कागजी प्रक्रिया अन्तिम चरणमा रहेकाले एक साताभित्रै ताल सफा गरिसक्ने तथा […]

Continue Reading