शिक्षकहरूकाे समस्याप्रति सरकार गम्भीर भएन : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरूका समस्यालाई हल्का रूपमा नलिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवस तथा १५६औं लेनिन जयन्तीको अवसरमा आज काठमाण्डाैमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले हजारौं शिक्षकहरू सडकमा हुँदा पनि सरकार समस्याको समाधानप्रति गम्भीर नभएको आरोप लगाउनुभयो । उहाँले वार्ता र संवादबाट समस्याको समाधान खोज्न पनि सरकारलाई […]

Continue Reading

शिक्षामन्त्रीले स्वास्थ्यका कारण राजीनामा दिनुभएकाे हाे : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई उहाँको स्वास्थ्य अवस्थाका कारण राजीनामा दिएको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवसका अवसरमा आज काठमाण्डौमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले मन्त्री भट्टराईको राजीनामालाई असहयोग र दबावका कारण भनेर बाहिर चर्चा गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । स्वास्थ्य ठीक भएन भनेर राजीनामा दिएको […]

Continue Reading

शिक्षामन्त्री विद्या भट्टराईद्वारा राजीनामा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिनुभएको छ । मन्त्री भट्टराईले आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाउनुभएको उहाँकाे निजी सचिवालयले जानकारी दिएको छ । शिक्षकहरूले विभिन्न माग राखेर काठमाण्डौमा निरन्तर आन्दोलन गरिरहेका बेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गएको चैत […]

Continue Reading

प्रधानमन्त्री ओली र आन्दोलनरत शिक्षकहरुबीच छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शिक्षक महासङ्घका प्रतिनिधिसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुकी भएको छलफलमा शिक्षक आन्दोलन र समस्या समाधानका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा प्रधानमन्त्री ओलीले शिक्षा ऐन चाँडै आउने प्रतिबद्धता जनाए पनि शिक्षकहरु आश्वस्त हुन सकेका छैनन् । उनीहरुले आन्दोलनलाई निरन्तरता दिने अडान लिएका छन् […]

Continue Reading

शिक्षकका माग सम्बाेधन हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याइने

विद्यालय शिक्षक विधेयकलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा यथाशीघ्र ल्याउन छलफलसहित आवश्यक तयारी भइरहेको समितिकी सदस्य दीपा शर्माले जानकारी दिनुभएकाे छ । उहाँका अनुसार विधेयकमा शिक्षकका मागलाई सम्बोधन हुनेगरी सहमतिको विषयलाई छिटो टुङ्ग्याउन उपसमिति गठन भएर काम भइरहेको छ । समितिका सदस्य छविलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिले शिक्षकसँग यसअघि गरिएका सम्झौता अनुसार विधेयकको मस्यौदालाई […]

Continue Reading

त्रिवि उपकुलपतिको जिम्मेवारी प्रा. डा. खड्ग केसीलाई

त्रिभुवन विश्वविद्यालय (त्रिवि) काे उपकुलपतिकाे जिम्मेवारी प्रा. डा. खड्ग केसीले पाउनुभएकाे छ । प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष केसीलाई बढीमा तीन महिनाका लागि काम गर्नेगरी जिम्मेवारी तोक्नुभएको हाे । उपकुलपतिको पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गएकाे चैत ३१ गतेको निर्णयानुसार […]

Continue Reading

विद्यालय भर्ना अभियान आजदेखि सुरु

नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ। ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित भर्ना अभियान सुरु भएको हो। सरकारले सबै अभिभावक तथा सरोकारवालाहरुलाई यो अभियान सफल पार्न आग्रह गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना अभियान सफल पार्न सबैलाई आग्रह गरेको हो। […]

Continue Reading

शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल

सडक आन्दोलन गर्दै आएका शिक्षकहरू र शिक्षा मन्त्रालयबिच तीन दिनदेखि छलफल जारी छ । शिक्षामन्त्री विद्या भट्टराई, शिक्षा सचिव डाक्टर दिपक काफ्लेसहितका मन्त्रालयका अधिकारीहरू र नेपाल शिक्षक महासंघका प्रतिनिधिबीच छलफल चलिरहेको हो । विगत तीन दिनदेखि छलफल जारी रहेपनि कुनै निकास निस्किन सकेको छैन। नेपाल शिक्षक महासंघको तर्फबाट सहअध्यक्ष नानुमाया पराजुलीले गर्नुभएको छ। मन्त्रालय र […]

Continue Reading

सिंहदरबारमा सुरु भयो सरकार र शिक्षक महासंघबीच अनौपचािरक वार्ता

सरकार र नेपाल शिक्षक महासंघबीच सिंहदरबारमा अनौपचारिक वार्ता सुरु भएको छ। शिक्षामन्त्री विद्या भट्टराईकै उपस्थितिमा वार्ता सुरु भएको र शिक्षक महासंघबाट सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली सहभागी रहेका जनाइएको छ। शिक्षक महासंघले चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेको छ। उनीहरुले शिक्षकहरुको माग र मुद्दा सम्बोधन भएको शिक्षा ऐनको माग गरिरहेका छन्। यसअघि पटक–पटक वार्तामा […]

Continue Reading

एसईई भोलिदेखि शुरू हुँदै, ५ लाख जनाभन्दा धेरै विद्यार्थी सहभागी !

माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिदेखि शुरू हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको सबै तयारी पूरा भएको भन्दै ढुक्क भएर परीक्षा दिन आग्रह गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार भोलि अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने छ । परीक्षा बिहान ८ बजेदेखस शुरू हुने छ । यस […]

Continue Reading